27.7 C
Parāsi
Wednesday, August 19, 2026
spot_img

एभरग्रीन अस्पतालमा अप्रेसन सहितको विशेषज्ञ स्वास्थ्य सेवा सुरु।

जिल्ला सदरमुकाम परासी स्थित निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको एभरग्रीन अस्पतालले नयाँ व्यवस्थापनमा अप्रेसन सहितको विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नो १२ औँ स्थापना दिवसको अवसर पारि सबै प्रकारका शल्यक्रिया (अप्रेसन) सेवा शुभारम्भ गरेको हो ।
अस्पतालमा निर्माण गरिएको सुविधासम्पन्न अप्रेसन कक्षको आज लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले शुभारम्भ गरका हुन । उनले यस सुविधाबाट यस क्षेत्रका सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए । सबै प्रकारका सेवालाई गुणस्तरीय सेवा बनाई प्रदान गर्न समेत आग्रह गरेका थिए । परासीमा विगत देखि नै सञ्चालनमा रहेपनि हाल एभरग्रिन अस्पताल नयाँ व्यवस्थापन र स्तरीय सेवासहित सञ्चालनमा ल्याईएको अस्पतालका सञ्चालक बलिराम कोईरीले जानकारी गराए ।
वार्षिकोत्सवको अवसरमा सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दैसबै प्रकारका अप्रेसन हुने गरि सेवा शुरु गरिएको बताए । आगामी चैत मसान्तसम्म अस्पतालले दिने विभिन्न सेवाहरुनिःशुल्क प्रदान गर्ने घोषणा समेत गरे । अव देखि प्रत्येक दिन विहान नौ बजेदेखि दिउँसो २ बजेसम्म विरामीको निःशुल्क स्वास्थ्य जाँच,विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मुटु तथा बाथरोग विशेषज्ञ चिकित्सकबाट निःशुल्क जाँच एवं सुगरको जाँच चैत मसान्तसम्म निःशुल्क गरिएको सञ्चालक कोईरीले जनाए ।
हाल एभरग्रिन अस्पतालबाट मुटुको भिडियो एक्सरे सेवा, प्रयोगशाला सेवा, डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, जनरल सर्जरी सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, नाक, कान घाँटी रोग विशेषज्ञ सेवा,प्रसुती सेवा, आकस्मिक सेवा, मुटुको जाँच सेवा,बिरामी भर्ना, फार्मेसी सेवासहित प्रत्येक शनिबार विशेषज्ञ रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्सरे सेवाहरु उपलब्ध रहेको अस्पतालले जनाएको छ । मुटु सम्बन्धी जाँच गर्न बुटवल नै जानु पर्ने बाध्यता अन्त्य गर्न मुटु जाँच सेवा सञ्चालन गरिएको सञ्चालक कोईरीको भनाई थियो ।

   

थप समाचार

ताजा खबर