34.8 C
Parāsi
Friday, May 3, 2024
spot_img

सुस्तामा घरमै हजुरबा र नातिको हत्या

१ फागुन । सुस्तामा धारिलो हतियार प्रहार गरी दुई जनाको हत्या भएको छ । सुस्ता गाँउपालिका वडा नम्बर ३ मर्चहवा बस्ने ६५ वर्षिय यक्षलाल चमार र निजका नाति ११ वर्षका गौचरण चमारको हत्या भएको हो । एकान्त स्थानमा रहेको कच्चि घरमा बस्दै आएका उनीहरुको गएराति हत्या भएको हो ।
उनीहरुको शरिरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको पाइएकाले अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले जानकारी दिए । तालिमप्राप्त कुकुर सहित प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको आचार्यले बताए । मृतक चमारका एक छोरा, बुहारी र तिन जना नातिनातिना थिए । छोरा कामका लागि भारत गएपछि डेढ महिना अगाडि बुहारी एक जना नातिलाई छाडेर दुई ओटा बच्चा लिएर माइत गएको स्थानियले बताएका छन् ।

थप समाचार

ताजा खबर