27.2 C
Parāsi
Wednesday, August 19, 2026
spot_img

सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औलामा गन्न सक्ने नेता बाहेक सबै जेलमा हुन्छन्’रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले ‘सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औलामा गन्न सक्ने नेता बाहेक सबै जेलमा पर्ने उल्लेख गरेका छ्न ,तर मसिनो गरी छानबिन गर्नसक्नपर्यो , ललिता निवास,सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सूक्ष्म रुपमा छानबिन हुने हो भने औलामा गन्न सक्ने नेता मात्र बाकी रहने लामिछानेको दाबी छ ।
देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको उहाँले बताउनु भयो । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउनुभयो । रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने लामिछाने बताउनु भयो ।

रास्वपा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रदेश सरकारका विषयमा आफ्नो पार्टीको पहिले देखिनै स्पष्ट धारणा रहेको बताउनु भयो । प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरूले नेता थन्क्याउने थलो भएको बताउँदै उहाँले प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । ‘छिटफुट कामहरू कहीँ कतै राम्रा पनि भए होलान् तर समग्रतामा प्रदेश सरकारको अर्थ छैन’, लामिछाने भन्नुभयो । लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउनु भयो । ‘केही मान्छेहरू हाम्रा विरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नु पर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभरि नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।

 

थप समाचार

ताजा खबर