27.2 C
Parāsi
Wednesday, August 19, 2026
spot_img

विनोद निता कण्डेल आँखा अस्पतालमा दैनिक एक सय पचासभन्दा बढी बिरामीमा भाइरल रोगको समस्या

गर्मी बढेसँगै नवलपरासी आसपास लगायतका जिल्लामा आँखा पाक्ने रोग फैलिएको छ। शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको विनोद निता कण्डेल आँखा अस्पतालका व्यवस्थापक तुलसीप्रसाद पराजुलीले बताए ।

आखा अस्पतालमा आँखा पाक्ने रोग उपचार गर्न आउने बिरामीको सङ्ख्या दिनहुँ एक सय पचास नाघेको छ। यहाँका निजी मेडिकल तथा क्लिनिकमा पनि आँखा पाक्ने बिरामीको दैनिक घुइँचो हुने गरेको छ।

नेत्ररोग विशेषज्ञ भन्छन ,आँखा पाक्ने रोगबाट सबैभन्दा बढी स्कुले केटाकेटी तथा वृद्धवृद्धा मारमा परेका छन्।

चिकित्सकका अनुसार फोहर, धुलो धुवासँगै ‘ब्याक्टेरिया’ तथा व्यक्तिगत स्वास्थ्य कमजोर भएका कारण आँखाको रोग एकअर्कामा सर्ने बढी सम्भावना हुन्छ।

थप समाचार

ताजा खबर