पश्चिम नवलपरासीमा लागु औषधसहित रामग्राम नगरपालिका–६ बस्ने ४० वर्षीय गंगोत्री बनियाँलाई
प्रहरीले पक्राउ गरेको छ । कोठा खानतलासी गर्दा भान्सा कोठामा रहेको प्लाष्टिकको गमलामा रातो कपडाले ढाकी राखेको बोराको झोलाबाट DIAZEPAM ,PHENERGAN ,BUPRENORPHINE गरी ४२३ एम्पुल ,NITRAVET ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस लागु औषधसहित गंगोत्री बनियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
। पक्राउ परेकी बनियाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज खत्रीले जानकारी दिनुभएको छ।

