22.1 C
Parāsi
Saturday, May 2, 2026
spot_img

उपभोक्ता मञ्च नेपाल नवलपरासीको अध्यक्षमा सन्तोष कुमार श्रीवास्तव

  उपभोक्ता मञ्च नेपाल नवलपरासीको आज शुक्रबार सम्पन्न भेलाले नयाँ नेतृत्व सहित कार्यसमिति चयन गरेको छ । अधिवेसनले मञ्चको अध्यक्षमा सन्तोष कुमार श्रीवास्तवलाई चयन गरेको हो ।
मञ्चकोआज परासी स्थित नवलपरासी उधोग वाणिज्य संघको सभाहलमा सम्पन्न जिल्ला भेलाले सन्तोष कुमार श्रीवास्तवको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको उपाध्यक्षमा दिनेश कुमार पाण्डे , सचिव गुड्डु गुप्ता, सहसचिव प्रहलाद कवर , कोषाध्यक्षमा इन्दु बि क चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा उमाशंकर श्रीवास्तव , बनबारी गौड, अनुरेश कलवार , देवेन्द्र सिंह , लक्ष्मी पौडेल ,सरिता कुर्मी , नेत्र प्रसाद चौधरी र सुशिला क्षेत्री रहेका छन् ।
लुम्बिनी प्रदेश सभा सदश्य मा बैजनाथ कलवारको प्रमुख आतिथ्यता एवं अध्यक्ष उमाशंकर सिंह खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि – भरत बहादुर क्षेत्री ,बसन्त रोक्का ,ओमप्रकाश अग्रहरी ,अतिथि – राजेश गुप्त , नानु मैया खडका लगायत जिल्लाका प्रमुख व्यक्तिको उपस्थिति रहेको थियो ।

थप समाचार

ताजा खबर