22.3 C
Parāsi
Saturday, April 4, 2026
spot_img

लकडाउनको मौका छोपी खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर रामग्राम नगरपालिका वार्ड न ११ रानीपकड अन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ ।आज भ्याकूलोडरले नदीजन्य पदार्थ लोडगरीरहेको अवस्थामा स्थानियबासिले भेटेपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीले उक्त ट्याक्टर अनुसन्धानका लागी नियन्त्रणमा लीएको जनाएको छ ।उक्त ट्याक्टर रानीपाकड़कै धनीराम यादवको रहेको स्थानियबासिले बताएका छन् ।नियन्त्रणमा लिएका ट्याक्टर जिल्ला प्रहरी कार्यालय नवलपरासीले अनुसन्धानगरि कानुन विपरित पाइएमा कार्यवाही गर्ने जनाएको छ ।

तेस्तै पश्चिम नवलपरासीको बासाबसही प्रहरी चौकी सरावल १ बासाले बुधबार साँझ लकडाउनलाई उल्लघंन गर्दैअबैद्ध रुपमा खोलाजन्य पदार्थ ढुंगा लोड गरि ल्याइरहेको अवस्थामा दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बासा चोकदेखी उत्तर तर्फबाट ढुंगा लोड गरि दक्षिण तर्फ ल्याइरहेको अवस्थामा बासा चोकमा ड्युटीमा खटिरहेका प्रहरीले सोधपुछ र अनुसन्धानका लागी नियन्त्रणमा लिएका हुन । लु २ त ९५५७ र लु ३ त ३६३६ नम्बरको २ वटा ट्याक्टरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बासा प्रहरी चौकीका ईन्चार्ज प्रहरी नायव निरिक्षक तुल बहादुर अधिकारीले जानकारी दिनुभएको छ । नियन्त्रणमा लिएका ट्याक्टर धनिले भने आफुहरुले नियम अनुसार स्टक ढुंगा ल्याएको बताएपनि लकडाउनको समयमा विना पास र विना कागजात ढुवानी गरेको हुदा प्रमाण सहित आएमा अनुसन्धान गरि छोडिने तर कानुन विपरित पाइएमा थप कार्यवाहीका लागी गाउपालिकामा बुझाइने बासाबसही प्रहरी चौकीका ईन्चार्ज अधिकारीले जानकरी दिनिुभएको छ ।

थप समाचार

ताजा खबर