परासी १६
खेती गर्ने समयमा किसाननले समयमा,मलखाद,बिउ बिजन सहज रुपमा पाउन नसकेको भन्दै त्यसलाई सहज बनाउन पश्चिम नवलपरासीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य देवेन्द्रराज कण्डेल,प्रदेशसभा सदस्यहरु बैजनाथ कलवार र दिपेन्द्र अधिकारी ,नेपाली काग्रेस क्षेत्र नं.२(क)का सभापति संघिय क्षेत्र नं.२का उप-सभापति अमृत सिंह जि.सि एंव मुकेश रञ्जितकार द्वारा खेतीपातिको समयमा मल खाद ,बीउ,विजन,सहज ढङ्गले उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी मार्फत प्रधानमन्त्री र प्रदेश पाँचका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छ्न । 
स्थानिय तह मार्फत पचास प्रतिशत अनुदानमा मलखाद,बिउ बिजन उपलब्ध गराउन माग गरेका छन् ।स्थानिय स्तरमा बिउबिजन र मलखाद बिक्री गर्ने एग्रोभेटलाई समावेश गरी कृषि कार्यका लागि प्रयोग हुने सवारीसाधन र कृषि सम्बन्धीका सम्पूर्ण कार्यलाई सहज बनाउन प्रदेश र केन्द्र सरकारसंग माग गरेका हुन् ।

