२०७७ वैशाख १५ गते
गिता भट््राई
उधोग वाणिज्य संघको पदाधिकारी समितीको बैठकमा कोरोना भाइरस ९ऋइख्क्ष्म्(ज्ञढ० का कारण मुलुक लकडाउनको अवस्थामा रहेको अवस्थामा आगामी दिनमा निजी क्षेत्रको भूमिका वारे नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष श्री केशव भण्डारीको अध्यक्षता एवं उद्योग वाणिज्य महासंघ प्रदेश नं. ५ का अध्यक्ष श्री गुणनिधि तिवारीको प्रमुख आतिथ्यता र पदाधिकारी समितिको वैठक वसी वर्तमान समयमा कोरोना भाईरस संक्रमण जोखिमका कारणले आर्थिक गतिविधि ठप भएको र आयात निर्यातमा देखिएको असहजताका कारण समग्र वस्तु स्थितिलाई ध्यानमा राखी उद्योग व्यवसाय क्षेत्रको राहतका लागि यस अवधिको (२०७६ चैत्र देखी ०७७ आषाढ सम्मको) बैंक तथा वित्तिय संस्थाको व्याज छुट गरी ऋण रकम भूक्तानीका लागि आगामी २०७७ भाद्र मसान्त सम्म समयवधि थप गर्न, करको समयावधि ६ महिना थप गर्नु पर्ने, विद्युत महशुलको न्युन्तम शुल्क मिन्हा गर्नुपर्ने लगायतका पूर्ण प्याकेज सहयोगका कार्यक्रम तत्काल ल्याई उद्योगी व्यवसायीहरुलाई राहत प्रदान गर्ने व्यवस्थाका लागि सम्वन्धित निकायहरुमा पहल गर्न निर्णय भएको छ त्यस्तै हाल धान खेती सिजन चलिरहेको अवस्थामा उन्नत विउविजन लगायत मलखाद भारतवाट आउन नसकेको कारण कृषकहरु मर्कामा परेको हुंदा उन्नत विउविजन लगायत मलखाद समयमै भारतवाट आउन पाउने गरि आवस्यक व्यवस्थाको लागि प्रमुख जिल्ला अधिकारी, महेशपुर भंसार प्रमुख, स्थानीय तहका पालिकाहरु, भूमी तथा कृषि मन्त्रालयमा संघद्वारा पहल तथा ध्यानाकर्षण गराउने नीर्णय भएको छ र अन्त्यमा सर्वसाधारणलाई आवश्यक पर्ने खाद्य सामग्री लगायतका वस्तुको गुणस्तर, मूल्य, आपूर्ति वारे संघद्वारा वजारमा निगरानी वढाई आपुर्तिमा सहजता ल्याउने सम्बन्धी पहल गरिने उद्योग वाणिज्य संघका माहासचिव गिरीराज पाण्डेयले जानकारि गराउनु भएको छ ।सो वैठकमा संघका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश अग्रहरी, उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरी, वाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता, महासचिव गिरीराज पाण्डेय, सचिव तारा आचार्य, कोषाध्यक्ष रामकुमार गुप्ता एवं का.का.सदस्य भोला पराजुली तथा सम्झना चौधरीको उपस्थिति रहेको थियो । 

