22.3 C
Parāsi
Saturday, April 4, 2026
spot_img

मुस्लिम आयोगद्धारा गठित जिल्ला स्तरिय अनुगमन समितिद्धारा परासीका मस्जिद मदरसा अनुगमन

रासी, १३ बैशाख । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका २ परासीको जामिया मस्जिदमा अनुगमन गरेको छ । विश्वभरि फैलिरहेको क्रोना भाईरसको संक्रमण रोकथामका लागि नेपाल मुस्लिम आयोगद्धारा गठित उक्त समितिले सो जामिया मस्जिद र मदरसालाई अनुगमन गरेको हो । समितिका संयोजक भेष बहादुर खराल (ईस्हाक) को संयोजकत्वमा जिल्ला प्रसाशन कार्यालयको रोहबरमा उक्त मस्जिद र मदरसाको अनुगमन भएको मस्जिदका ईमाम मौलाना सैयद गुलाम हुसैन मिँयाले जानकारी दिनु भयो ।

देशका विभिन्न मस्जिद र मदरसाहरुमा तब्लीगी जमातका धर्मावलम्बीहरु लुकेर बसेको र उनीहरु मध्ये कोई संंक्रमित भए उनीहरुबाट समाज र समुदायमा संक्रमण फैलिन सक्ने भएको हुँदा आयोगले देशभरिकै मस्जिद मदरसाहरु अनुगमन गर्न जिल्ला स्तरिय समितिहरु बनाई मस्जिद र मदरसाहरु अनुगमन गराईरहेकोे छ ।

त्यसै सन्दर्भमा आजबाट नवलपरासीको उक्त मस्जिद र मदरसाबाट अनुगमनको शुभारम्भ भएकोछ । अनुगमन समितिका संयोजक विवि खरालको संयोजकत्वमा पुगेमो टोलीमा जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी बासुदेव दहाल, नेकपा जिल्ला संयोजक भविष्वर तिवारी, अनुगमन समिति सदस्य हैदर अलि मोमिन, करम हुसैन अंसारी, ईजहार मिँया, वडा २ का वडा सदस्य सुनिता श्रेष्ठ र जनता समाजवादी पार्टी उपाध्यक्ष अमिरुल्लाह मिँया लगायतले अनुगमन गरेका हुन ।

अनुगमन गर्दा प्रमुख जिल्ला अधिकारीले यस मस्जिदमा कुनै पनि बाहिरी व्यक्ति लुकेर नबसेको बताउदै यदि कोई बाहिरी व्यक्ति आयो भने तुरुन्त जिल्ला प्रसानलाई कार्यालयलाई बुझाउन मस्जिदका ईमाम मिँयालाई आग्रह गर्नु भयो । उहाँले मुस्लिम समुदायको रमजान महिनाको शुभकामना दिदै मस्जिदमा भिडभाड नगर्ने र घरमै नमाज पढने र लकडाउनको पुर्ण रुपले पाल्ना गर्ने भन्दै क्रोना भाइरसको संक्रमण रोकथामका लागि सामाजिक दुरी समेत कायम राख्ने आग्रह गर्नु भयो ।

आयोगले नवलपरासी पश्चिम र पुर्व मस्जिद मदरसाहरु अनुगमन गर्नका लागि भेष बहादुर खरालको संयोजकत्वमा ७ सदस्यीय जिल्ला स्तरीय समन्वय समिति गठन गरेको छ जसका सदस्यमा करम हुसैन अंसारी, हैदर अलि मोमिन, ईजहार खान, तबारक मिँया, एनुल अंसारी, जिया खान, मौलाना नजरुद्धिन मिँया रहेको संयोजकले जानकारी दिनु भयो । अनुगमनको क्रममा मस्जिद मदरसामा लुकेर बसेको कोही व्यक्ति भेटिएमा तुरुन्त जिल्ला प्रशासनलाई बुझाई अवस्था हेरेर क्वारेन्टाईनमा राख्ने संयोजक विबि खरालले बताउनु भयो । जिल्लामा रहेको ५५ वटा मस्जिद र ४३ वटा मदरसाहरुलाई अनुगमन गर्न एउटा रोडम्याप बनाएर अनुगमन गर्ने समितिका सदस्य हैदर अलि मोमिनले बताउनु भयो ।

थप समाचार

ताजा खबर