परासी, १० बैशाख ।
कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचार सेवा प्रदान गरिरहेका जिल्लाका स्वास्थ्यकर्मी र जनचेतना फैलाउ खटिरहेका पत्रकारहरुलाईपुर्व गृहराज्यमन्त्री एवं सांसद देवेन्द्रराज कण्डेलले दिउँसो खाजा खाने गरि चाउ–चाउ र पानी वितरण गरेका छन् ।
नेपाली कांग्रेस पाल्हीनन्दन गाउँकार्यसमितिको आयोजनामा कुल २८० कार्टुन वाईवाई चाउ–चाउ र २१५ कार्टुन मिनरल पानी जिल्ला समन्वय समिति मार्फत जिल्ला स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई हस्तान्त्रण गरिएको छ । प्राप्त २८० कार्टुन चाउ–चाउ र पाल्हीनन्दन गाउँपालिकाको वडा कार्यसमितिको आर्थिक सहयोगमा प्राप्त २१५ कार्टुन पानी समन्वय मार्फत ति दुबै संस्थालाई हस्तान्त्रण गरिएको नेका संगठन विभाग प्रमुख राजेन्द्र सहानीले जानकारी दिए ।
जिल्लामा कुल ६२० जना स्वास्थ्यकर्मीहरु कार्यरहत छन भने सय भन्दा बढि क्रियाशिल पत्रकारहरु कार्यरत छन्. ।
जिल्लाको ७ वटै स्थानिय कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय मार्फत सो खाजा वितरण गरिने र नेपाल पत्रकार महासंघ मार्फत पत्रकारहरुलाई उक्त खाजापानी वितरण गर्ने उद्देश्यले ति दुबै संस्थाहरुलाई हस्तान्त्रण गरिएको सांसद कण्डेलले जानकारी दिए । उनका अनुसार हस्तान्त्रित चाउ–चाउ र पानी जिल्ला स्वास्थ्य कार्यालय मार्फत ४ गाउँपालिकालाई ३०÷३० कार्टुन चाउ–चाउन र २५÷२५ कार्टनु पानी हस्तान्त्रण गरिने छ भने पत्रकार महासंघलाई ४० कार्टुन चाउ–चाउ र ४० कार्टुन पानी हस्तान्त्रण गरिने बताए ।
यस्तो महामारीको बेलामा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी र जनचेतना तथा सन्देश दिईरहेका पत्रकारहरुलाई दिउँसो खाजा र पानी खान सहयोग हो भन्ने उद्देश्यले उक्त सामाग्री हस्तान्त्रण गरिएको सांसद कण्डेलले बताए । त्यसैबिच प्रदेश सांसद बैजनाथ जयसवाल, नेका सभापति विष्णु पौडेल,नेका सह अध्यक्ष सुबाष गिरि, नेका जिल्ला सह–सचिव एवं जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेका क्षेत्रिय सापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता र जिल्ला सचिव गजानन्द पटेल, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, लगायतले यस खाजाले स्वास्थ्यकर्मी तथा पत्रकारहरुको मनोबाल बढने र केहि सहयोग पुग्ने विश्वास व्यक्त गरे .


