22.2 C
Parāsi
Friday, May 1, 2026
spot_img

नगेन्द्र अग्रहरीले सुनवल नगरपालिकाको राहत कोषमा गरे एक लाख बीस हजार सहयोग

२९ चैत ,परासी
लकडाउनको समयमा अति विपन्न गरिब परिवारलाई दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि उद्योग वाणिज्य संघ उपाध्यक्ष , युवा समाजसेवी र अारती एग्रोका संचालक नगेन्द्र अग्रहरीले सुनवल नगरपालिकाको राहत कोषमा एक लाख बीस हजार सहयोग गर्नु भएको छ ।

विश्वलाई नै कोरोना भाईरस(कोभिड–१९) ले आक्रान्त बनाएपछि त्यसको जोखिम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई भोकै हुने अवस्था नआओस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको नगेन्द्र अग्रहरीले बताए । यस अघि अग्रहरीले नवलपरासी उद्योग वाणिाज्य संघ लाई एकाउन्न हजार सहयोग गरिसक्नु भएको छ ।

थप समाचार

ताजा खबर