22.2 C
Parāsi
Friday, May 1, 2026
spot_img

नवलपरासीमा ३ दिने फोटो पत्रकारीता तालिम शुरु

परासी, २० फागुन। नवलपरासीमा ३ दिने पत्रकार क्षमता अभिबृद्वी एव फोटो पत्रकारीता तालिम संचालन भएको छ। सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ नवलपरासीको आयोजनामा शुरु भएको हो। महासंघका अध्यक्ष हरी शर्माको अध्यक्षतामा शुरु भएको तालिमको औपचारिक उद्घाटन कार्यक्रमका प्रमुख अतिथी एव नगर प्रमुख भिम बहादुर थापाले कार्यक्रमको उद्घाटन गरेका हुन।

तालिममा जिल्ला कृयक्शील सबै पत्रकारहरुको सह्भागिता रहेको थियो। तालीममा पत्रकार हरुको क्षमता अभिबृद्वी र राम्रो फोटो कुन एङलबाट कसरी खिच्ने तालिमका प्रशिक्षक बिकाश कार्कीले सिकाए। तालिमको औपचारिक उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एव सुनवल नगरप्रमुख भिम बहादुर थापा, बिशिस्ट अतिथी एव नगर उपप्रमुख दधिराम अर्याल, पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिश्ट, केन्द्रिय सदस्य पुरुसोत्तम सुवेदी लगायतले यश तालिमबाट सहभागी पत्रकारहरुको क्षमता वृद्धि हुने र पत्रकारीतामा थप निखार आउने बताए।

थप समाचार

ताजा खबर