33.1 C
Parāsi
Saturday, May 2, 2026
spot_img

नवलपरासी फोटो ग्राफर संघको अधिबेशन

 नवलपरासी फोटो ग्राफर संघको प्रथम साधारणसभा तथा अधिवेशनले चेतनारायण पाण्डेको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष प्रेम प्रसाद गौतम उपाध्यक्ष सन्तोष श्रेष्ठ र महासचिव टेकबहादुर बुढाथोकी सचिव यज्ञमुर्ति भण्डारी कोषाध्यक्षमा मनोज कुमार चौधरी रहेको नयाँ समिति निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा सुरज चालिसे , भोलेनाथ कोइरी, गिरेन्द्र प्रसाद जैसवाल, शिवराज केसी, तारा लम्साल देव बहादुर चौधरी कुमार आलेलगायतका ब्यवसायीहरु निर्वाचित भएका छन् ।
कार्यक्रम संघका अध्यक्ष चेत नारायण पाण्डेको अध्यक्षता सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुनवल वडा नं १२ का वडाध्यक्ष यमलाल पाण्डे, उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, नेपाल फोटोग्राफर संघ तर्दथ सदस्य तथा लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको आतिथ्यता रहेको नवनिर्वाचित महासचिव टेकबहादुर बुढाथोकीले जानकारी दिए ।

थप समाचार

ताजा खबर