40.4 C
Parāsi
Friday, April 3, 2026
spot_img

नेपाल पत्रकार महासंघ नवलपरासीद्वारा ७१औं स्थापना दिवस मनाइयो

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीले महासंघको ७१औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। विसं २०१२ साल चैत १६ गते स्थापना भएको महासंघले हरेक वर्षझैं यस वर्ष पनि देशभर स्थापना दिवस मनाएको हो।

सोही अवसरमा जिल्ला शाखा नवलपरासीले परासीस्थित बुद्धचोकमा दिप प्रज्ज्वलन गरी कार्यक्रमको सुरुवात गरेको थियो। दिप प्रज्ज्वलनपछि आयोजित कोण सभामा पत्रकार, सञ्चारकर्मी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम जिल्ला शाखाका अध्यक्ष केशव पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कोण सभाको समापन गर्दै निवर्तमान अध्यक्ष हरि शर्मा ले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न नेपाली पत्रकारहरू सधैं अग्रपंक्तिमा रहेको बताउनुभयो।

उहाँले विभिन्न समयमा बनेका सरकारहरूले नागरिक अधिकार कुण्ठित गर्ने प्रयास गरेको उल्लेख गर्दै वर्तमान सरकारबाट त्यस्तो अपेक्षा नगरेको स्पष्ट पार्नुभयो। अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भए पत्रकारिता क्षेत्रले सशक्त खबरदारी गर्ने चेतावनी पनि उहाँले दिनुभयो।

त्यसैगरी, पत्रकारितासँग सम्बन्धित विद्यमान कानुनहरूको प्रभावकारी कार्यान्वयन तथा आवश्यक नयाँ कानुन निर्माण गरी नेपाली पत्रकारितालाई थप सुदृढ बनाउन सरकारसँग माग गरिएको छ।

कार्यक्रममा जिल्लामा सञ्चालित विभिन्न सञ्चार संस्थाका प्रमुख, पत्रकार तथा रामग्राम क्षेत्रका युवाहरूको सक्रिय उपस्थिति रहेको थियो।

थप समाचार

ताजा खबर