40.4 C
Parāsi
Friday, April 3, 2026
spot_img

सरावल-२ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

परासी, २९ असार
सरावल गाउँपालिका–२ लाई शनिबार एक विशेष कार्यक्रममा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। यसअघि वडा नं. १ लाई २०८२ असार २१ गते बालमैत्री वडा घोषणा गरिएको थियो।

सरकारद्वारा जारी गरिएको “बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८” अनुसार, ५१ सूचकहरू मध्ये ८० प्रतिशतभन्दा बढी सूचकहरू पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गर्न सकिने व्यवस्था छ। सरावल–२ ले अधिकांश सूचकहरू पूरा गरेपछि यो उपाधि प्राप्त गरेको बालमैत्री सहजकर्ता भोलानाथ कोईरी सजयले जानकारी दिए।

१२ सय २ घरधुरी रहेको वडा नं. २ मा जम्मा जनसंख्या ६ हजार २८० रहेको छ, जसमा १,५९९ जना बालबालिका (१८ वर्ष मुनिका) रहेका छन्।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादवले वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरे। उनले केवल घोषणा मात्र नभई यसको दीगो कार्यान्वयनमा पनि जोड दिनुपर्ने बताए। साथै, पालिकाका सबै वडाहरूलाई क्रमशः बालमैत्री वडा बनाउने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले वडाले चुनौतीपूर्ण सूचकहरू पूरा गर्दै बालमैत्री वडाको मान्यता प्राप्त गरेको बताए। उनले कार्यान्वयनको चरणलाई अब प्राथमिकता दिने स्पष्ट पारे।

बालमैत्री स्थानीय शासन परामर्शदाता शर्मिला पौडेका अनुसार, सरावल–२ मा १८ वर्ष मुनिका बालबालिकाको संख्या १,५९९ रहेको छ।

थप समाचार

ताजा खबर