39 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

पशुमा बाँझोपन हटाउन ‘डोर टु डोर’

नवलपरासीमा गाईभैँसीमा बाझोपन हटाउन ‘डोर टु डोर’ उपचार सेवा सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले बाझोपन हटाई कृषकलाई प्रोत्साहित गर्न गाईभैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरेको हो ।
विज्ञ केन्द्रले ‘डोर टु डोर’ उपचार सेवामा पशुमा देखिएको समस्याहरूको अध्ययन गर्ने,डाटा सड्डकलन गर्ने,उपचार गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने गरेको छ ।
विज्ञ केन्द्रले आज बिहीबार रामग्राम नगरपालिका वडा नम्बर १५ घिनहामा २७ वटा गाइ,भैँसीको उपचारसँगै निःशुल्क औषधी समेत वितरण गरेको छ ।

कृषकहरूलाई व्यावसायिक रूपमै गाईभैँसी पालनका लागि प्रोत्साहित गर्न कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीका प्रमुख श्रवण कूमार चौधरीले बताए ।
‘प्रजनन विकृति तथा बाझोपन निवारणका लागि कृषकको घरदैलोमै गएर उपचार गरिएको हो । गाईभैँसीको बाँझोपनको उपचार तथा, आन्तरिक परजीवीका कारण पशुमा लाग्ने रोग विरुद्धका औषधि वितरण गरेको उनले बताए। ’
पशुमा लम्पी स्किन, खोरेत तथा अन्य विविध रोग लाग्नुका साथै पशुलाई दिइने पौष्टिक तत्व र सन्तुलित आहारा नहुँदा सन्तुलित पोषण अभावका कारण बाँझोपनको समस्या बढी रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय डा. प्रबेश सिंह कुँवरले बताए ।
किसानले पटक पटक आफूलाइ समस्याहरु अवगत गराएको हुदा र यस क्षेत्रमा गाई भैसिको राम्रो दुध उत्पादन हुने हुदा यो कार्यक्रम सञ्चालन गरिएको बताए ।  सरकारले ४६ प्रतिसत बजेट कटौति गर्दा पनि अन्य कार्यक्रम कटौति गरि यो कार्यक्रमलाइ यथाबत राखेको उनको भनाइ छ । र प्राबिधिकहरु घर घरमा पुगेर सेवा गरेको उनले बताए ।

उत्पादनशील पशु वृद्धि हुँदै जाँदा बाझोपनको समस्या नियमित रुपमा बढ्दै जानु स्वभाविक हो ।हरियो घासको कमी, पौष्टिक तत्व र आहार व्यवस्थापन नहुँदा बाझोपन बढेको पशु डा भोजराज घिमिरेले बताए ।’ उनले पशुको उपचार र आहार व्यवस्थापनमा कृषकले समेत ध्यान दिन जरुरी रहेको बताए ।
घरदैलोमै पशुको उपचार गर्न पाउँदा किसानहरू खुसी भएको बताएका छन् । रामग्राम नगरपालिका वडा नम्बर १५ घिनहाका किसान जयराम यादवले घरदैलोमै आफूले पालेको गाईको उपचार गर्न पाउँदा खुसी लागेको बताए ।

उनले यस प्रकारको सेवालाई जिल्लाभर बिस्तार गर्नु पर्नेमा जोड दिए ,आफूले पालेको गाईमा प्रजनन नहुने समस्या रहेको र विज्ञ केन्द्रबाट उपचारसँगै निःशुल्क औषधि पाएको उनले बताए । समयसमयमा यस्ता कार्यक्रम गरेमा किसान लाभान्वित हुने भनाइ उनको छ । पशु उपचार कार्यक्रममा पशु डा विभुती सिह र शुरेस प्रसाद मिश्रा रामग्राम नगरपालिका वडा नं १५ का वडा अध्यक्ष धनपत यादव पशुरोग अन्वेषण प्रयोगसालाका प्रमुख डाक्टर भरत काफ्ले लगायतको सहभागीता रहेको थियो । 

थप समाचार

ताजा खबर