परासीमा विश्व स्तनपान सप्ताह मनाइएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ। यसको सुरुवात विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा सन् १९९० देखि भएको हो।
स्तनपानको महत्व र फाइदाबारे जनचेतनामूलक कार्यक्रमहरु गर्दै यो दिवस मनाउने गरिन्छ । यही सन्दर्भमा आज जिल्लाको सदरमुकाम परासीमा नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा पृथ्वी चन्द्र अस्पताल र स्वास्थ्य कार्यालयको समन्वयमा विश्व स्तनपान सप्ताह मनाइएको हो। आमाको स्तनपान शिशुका लागि अमृत बराबर मानिएको छ ।
स्तनपान गराउँदा आमा र बच्चा दुवैको स्वास्थ्यलाई राम्रो मानिन्छ। स्तनपानले बालबालिकामा लाग्ने रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ। स्तनपानले आमालाई गर्भ निरोधकको रुपमा समेत काम गर्छ। शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोतका रूपमा आमाको दूध रहेको छ।
आमाको दूधमा पाइने तत्वले शिशुलाई रोगसँग लड्ने क्षमता वृद्धि हुने हुदा ६ महिना सम्म आमाको मात्रै खुवाउनु पर्ने पृथ्वी चन्द्र अस्पताल नवलपरासीका मेडीकल सूपरीटेन्ट डा. नुरुल होदाले बताए। आमाको दूधमा रोगाणुनाशक तत्व हुन्छन्। आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलामतत्व दिन्छ ।
आमाको दूधबाट आएका साधारण जीवाणुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्ने नवलपरासी आयुर्वेद स्वास्थ्य शाखा प्रमुख डा अर्चना शुक्ला ले बताइन् । उनले प्रसस्त मात्रामा दुध नआउने आमाहरुको लागी नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क रुपमा शतावरी चुर्ण बितरण गरीरहेको बताइन । उनका अनूसार “हाल नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रमा ६ जना कर्मचारी छन् र गत आर्थिक वर्षमा ९३९२ जनाले सेवा लिएका थिए । सेवा भने पुर्ण रुपमा नि शूल्क रहेको छ। दैनिक रुपमा २५ देखि ३० जनाको संख्यामा सेवा ग्राहीहरुले सेवा लिने गेरेकाछन् ”उनले बताइन् ।यसरी शिशु आमाको दूध नियमित स्तनपान गराउँदा महिलामा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, मधुमेह टाइप–२ र सुत्केरीपछि मनोरोगको सम्भावना न्यून रहने बाल विशेषज्ञहरु बताउँछन्।
स्तनपानले शिशुमा इम्युनिटी पावर बढाउन एकप्रकारको खोपकै काम गर्ने विज्ञहरु बताउँछन्। स्तनपान सबैभन्दा पुरानो र पहिलो खोप रहेको र शिशु जन्मेको १ घण्टा भित्रदेखि ६ महिनासम्म स्तनपान मात्रै गर्नु राम्रो हुने भएकाले यसलाई जनचेतनामूलक तरिकाले प्रचार प्रसार गरिएको बताइएको छ, साथै शिशु र आमाबीचको भावनात्मक सम्बन्धलाई बढाउन, शिशुको स्वास्थ्य प्रवद्र्धन गर्न समेत स्तनपानले सहयोग पुग्ने आमाहरुको भनाइ छ ।
नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रको प्रमुख डा अर्चना शुक्लाको अध्यक्ष्यतामा भएको कार्यक्रममा पृथ्वी चन्द्र अस्पताल नवलपरासीका मेडीकल सूपरीटेन्ट डा. नुरुल होदा प्रमूख अतीथी र स्वास्थ्य कार्यालयका प्रमूख ओम प्रकाश पन्थी विशिष्ट अतीथी रहेका थिए भने कार्यक्रममा स्वास्थ्य कर्मीको उपस्तिथी रहेको थियो ।

