35.6 C
Parāsi
Saturday, July 4, 2026
spot_img

दाउन्ने देवी सामुदायिक वन क्षेत्रमा गोली लागेको अवस्थामा पाटेबाघ मृत अवस्थामा फेला

पश्चिम नवलपरासीको बर्दघाट १६ अवस्थित दाउन्ने देवी सामुदायिक वन क्षेत्रको भालु खोलामा शनिबार एक मृत पाटे बाघ फेला परेको छ । विहानको समयमा गाउलेहरु जंगल गएका बेला गोली लागेको मृत अवस्थामा पोथि बाघ देखेपछी प्रहरी र बन कार्यलय लाइ खबर गरेका थिए ।  साढे ७ फिट लम्बाई र ३ फिट उचाई रहेको करिब १ सय ५० किलोको ब्यस्क पोथि पाटेबाघ मृत अवस्थामा फेला परेको बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटले जनाएको छ । सो बाघलाई सुरक्षाकर्मी र वन कार्यालयका कर्मचारीहरुले बर्दघाट सरावल सब डिभिजन वन कार्यालय बर्दघाटमा ल्याएका छन । सो मृत बाघको प्रकृती हेर्दा बन्यजन्तु चोरी पैठारी गर्ने तस्करहरुले पासोमा पारि गोली हानी हत्या गरेको हुन सक्ने बताउदै वन कार्यालय बर्दघाटका प्रमुख गिरिाज पन्तले यस घटानको विषयमा थप अनुसन्धान भइरहेको समेत जानकारी दिनुभएको छ । मृत बाघलाई आवश्यक वन कानुनी प्रकृया पुरा गरि सुरक्षाकर्मी,जनप्रतिनिधि ,पत्रकार को रोहबरमा  ईलाका वन कार्यालयकै परिसरमा गाडिने प्रमुख पन्तले जानकारी दिनुभयो ।

थप समाचार

ताजा खबर