30.7 C
Parāsi
Friday, April 3, 2026
spot_img

परासीमा पिसीआर मेसीन संचालन गर्नका लागि भवन निमार्ण कार्य शुरु

परासी २३ जेठ

पश्चिम नवलपरासीमा  कोरोना महामारी न्युनिकरणका लागि पिसिर सेवा अत्यावश्यक भएपनि अहिलेसम्म पिसिआर सेवा संचालन हुन नसक्दा जिल्लावासी अन्य जिल्ला धाउनु पर्ने बाध्यता छ , जिल्लामा पिसिआर सेवा नभएकाले जिल्लाका बासिन्दा अहिलेसम्म पनि रुपन्देहीको भैरहवा लगायतका ठाउँ जाने गरेका छन् । उचित स्थान नहुदा पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको पिसिआर मेसिन प्रयोगविहिन भएर थन्किएको छ ।  पिसिआर रिपोर्ट आउँन  हप्ता देखि १४  दिनसम्म लाग्ने गरेको थियो । तर अब २ महिना भित्रै  संचालनमा आउनेगरि  पृथ्बीचन्द्र आस्पतालको अगाडी को खाली जग्गामा  पिसीआर मेसीन संचालन गर्नका लागि आज भवनको शिलान्यास गरिएको छ ।

रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार र पाल्हीनन्दन गाउँपालिका  अध्यक्ष बैजुप्रसाद गुप्ताले संयुक्त रुपमा पिसिआर मेसीन संचालन गर्नको लागि भवनको शिलान्यास गरेका हुन ।

पिसिआर मेसीन संचालन गर्नका ५ कोठा र पाटेशन सहित भवन निर्माण कार्य सुरु भएको पिसीआर भवन निमार्ण समितीका अध्यक्ष शम्भु प्रसाद उपाध्ययले जानकारी दिए । उनका अनुसार पिसीआर मेसीन संचालन गर्नको लागि भवन निमार्ण गर्ने करिब ३५ लाख रुपैयाँ लाग्ने बताए ।

यस अघि विभिन्न ठाउमा  पिसिआर मेसिन जडान गर्ने भनीए  पनि अहिले सम्म उचित ठाउको टुंगो लाग्न सकेको थीएन । नवलपरासी पश्चिम जिल्लामा कोरोनाका कारण अहिलेसम्म १४३  जनाको मृत्यु भइसकेको छ ।

थप समाचार

ताजा खबर