22.2 C
Parāsi
Friday, May 1, 2026
spot_img

ढाँटेर राहत लिनेलाई ५ हजार जरिवानासहित सिफारिस रोक्का राख्ने सुनवल नगरपालिकाको निर्णय

हरि शर्मा
परासी, ८ बैशाख ः

ढाँटेर राहत लिनेलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले ५ हजार जरिवाना र सम्पत्ति विवरणको मूल्यांकन गर्न आउँदा सिफारिस नदिने निर्णय गरेको छ । त्यसका लागि नगरपालिकाले अनुगमन समिति समेत गठन गरेको छ ।

घरमा कमाई गर्ने र आयस्रोत नभएका व्यक्तिहरु बाहेक अन्यले झुठा विवरण पेश गरेर राहत लिएको पाइएमा जरिवाना र सम्पत्ति मूल्यांकन सिफारिस रोक्का गर्ने निर्णय गरिएको नगर प्रमुख भीम बहादुर थापाले बताए । १३ वटा वडा रहेको नगरपालिकामा वडा कार्यालय मार्फत १ हजार ९ सय १० जना विपन्नको संख्या संकलन गरिएको छ । यदाकदा ढाँटेर राहत लिएको हुन सक्ने संभावनालाई मध्यनजर गरेर नगरपालिकाले अनुगमन समिति गठन गरेको थापाले बताए । समितिले तथ्यांकको आधारमा घरमै पुगेर अनुगमन गर्ने
अनुगमनका क्रममा ढाँटेको पाइएमा ५ हजार रुपैयाँ तत्काल जरिवाना गरिने छ भने । सम्पत्ति मूल्यांकन गर्न आउँदा पहिला राहत लिए÷नलिएको विवरण भिडाएर मात्र सिफारिस दिइने छ । यदी विवरणमा राहत लिएको देखिए सम्पत्तिको मूल्यांकन गर्न आउनेलाई सिफारिस नदिइने नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका विपन्नहरुलाई प्रतिघरधुरी मसिनो स्टिम चामल २५ केजी, ३ केजी दाल, २ केजी चिनी, २ केजी नुन, नुहाउने र कपडा धुने साबुन गरी ४ वटा साबुन, ४ सय ग्राम स्वायविन वितरण गरिएको छ ।

थप समाचार

ताजा खबर