नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रतिनिधि सभा क्षेत्र नं. २ मा आगामी सम्वत् २०८२ फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस ले विशाल आमसभा आयोजना गर्ने भएको छ।
कांग्रेसका उपसभापति विश्व प्रकाश शर्मा को प्रमुख आतिथ्यतामा आयोजना हुने उक्त आमसभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार भिमबहादुर थापा (भरत) तथा समानुपातिक उम्मेदवार सुनिता देवी सुवेदी लाई अत्यधिक मतले विजयी गराउने उद्देश्यका साथ पार्टीको शक्ति प्रदर्शन गरिने जनाइएको छ।
आमसभा सम्वत् २०८२ फाल्गुन १४ गते बिहीबार बिहान ११:३० बजे बुद्ध चोक, रामग्राम मा आयोजना हुनेछ।
क्षेत्रीय प्रचारप्रसार समिति संयोजक तथा सभापति माधव प्रसाद पाण्डेले वडा तहदेखि सबै पदाधिकारी, क्रियाशील सदस्य तथा शुभेच्छुकहरूलाई अनिवार्य उपस्थित भई आमसभालाई भव्य र सफल बनाउन आग्रह गर्नुभएको छ।

