13 C
Parāsi
Sunday, February 16, 2025
spot_img

लुम्बिनी प्रदेशका सञ्चारमाध्यमहरुको व्यवसाय प्रबद्र्धन सम्बन्धी क्षमता विकास अभिवृद्धि कार्यशाला गोष्ठी सम्पन्न ।

नेपाल सरकार विज्ञापन बोर्डद्वारा आयोजित लुम्बिनी प्रदेशका सञ्चारमाध्यमहरुको व्यवसाय प्रबद्र्धन सम्बन्धी क्षमता विकास अभिवृद्धि कार्यशाला गोष्ठी सोमबार बुटवलमा सम्पन्न भएको छ ।
विज्ञापन बोर्डले लुम्बिनी प्रदेशअन्र्तगतका रुपन्देही, पाल्पा, अर्घाखाँची, नवलपरासी, गुल्मी र कपिलवस्तुलगायतका विभिन्न जिल्लामा सञ्चालित छापा, रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमका व्यवस्थापक तथा स्टेशन म्यानेजरहरुलाई नेपाल सरकारको सञ्चार तथा विज्ञापन नीतिबारे जानकारी गराउनुका साथै विज्ञापन बजारको क्षेत्रमा देखापरेका समस्या र चूनौतीलाई कसरी समाधान गर्दै व्यवसायिक सफलता हासिल गर्न सकिन्छ ? भन्ने सन्दर्भमा गहकिलो छलफल र अन्तरक्रिया भएको बताएका छन् ।
कार्यशालामा नेपाल सरकार विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले नेपाल सरकारको विज्ञापन नीति तथा बजारको अवस्थालाई हेरी विज्ञापनका लागि कसरी मार्केटिङ्ग गर्ने र विज्ञापनको विषयवस्तुलाई प्रभावकारी रुपमा कसरी उत्पादन तथा गुणस्तरीयता प्रस्तुत गर्ने भन्ने सन्दर्भमा सैद्धान्तिक एवम् व्यवहारिक प्रशिक्षण दिदैं सञ्चारमाध्यमको व्यवसायिक सफलतामा कुशल व्यवस्थापक तथा मार्केटिङ टिमको महत्वपूर्ण भूमिका हुने बताए ।
त्यस्तैगरी मिडिया मार्केटिङ्गका विज्ञ विराट श्रेष्ठले विज्ञापन बजार के कस्तो छ ? कसरी विज्ञापन उत्पादन गर्न सकिन्छ ? विज्ञापनदातालाई विज्ञापन गर्नका लागि आकर्षित कसरी गर्ने ? गुणस्तरीय विज्ञापन कसरी गर्ने ? भन्ने जस्ता विषयको ज्ञान व्यवस्थापक तथा मार्केटिङ्ग टिमलाई हुनुपर्ने भन्दै माकेर्टिङ्ग कलाका विशेषताबारे प्रशिक्षण दिएका थिए । नेपाल सरकार विज्ञापन बोर्डद्वारा आयोजित लुम्बिनी प्रदेशका सञ्चारमाध्यमहरुको व्यवसाय प्रबद्र्धन सम्बन्धी क्षमता विकास अभिवृद्धि कार्यशाला गोष्ठी कार्यक्रम अहिले सम्मकै दोस्रो पटक आयोजना गरिएको हो।

थप समाचार

ताजा खबर