11.7 C
Parāsi
Tuesday, January 13, 2026
spot_img

निजामती कर्मचारी संगठनद्धारा दृष्टिबिहीन बिद्यार्थीलाई वाटर डिसपेन्सर,बोतल बितरण

परासी ११ चैत्र । पश्चिम नवलपरासीमा दृष्टिबिहीन बिद्यार्थीलाई वाटर डिसपेन्सर बितरण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन नवलपरासी पश्चिमले दृष्टिबिही बिद्यार्थीहरुलाई वाटर डिसपेन्सर बितरण गरेको हो ।
आज एक कार्यक्रममको बिच आर्दश माध्यमिक बिद्यालयकमा रहेका दृष्टिबिहीन बिद्यार्थीहरुलाई जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव तथा संगठनका अध्यक्ष देबीलाल पौडेलले संयुक्त रुपमा आर्दश माविका बिद्यायका व्यवस्थापनसमितीका अध्यक्ष लक्ष्मण यादवलाई वाटर डिसपेन्सर हस्तान्तरण गरीएको संगठनका सचिव अमृत भुसालले जानकारी दिए ।
हस्तान्तरण गदै समन्वय प्रमुख यादवले संगठनले अनुकारणी कार्य गरेको भन्दै प्रशास गरेका थिए । उनले यसलाई सुरक्षित साथ प्रयोग गर्न अग्रह गदै आगमी दिनमा यस्तो रचानत्मक कार्य गदै जान संगठनलाई सुझाव दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिबिहीन बिद्यार्थीलाई वाटर डिसपेन्सर बितरण गरिएको अध्यक्ष पौडेलले बताए । गर्मी महिनामा पानी चिसो गर्ने र जाडो मौसममा तातो गर्ने खालकको वाटर डिसपेन्सरसगै प्लाष्टिकको बोतलहरु पनि बितरण गरिएको संगठनकी उपाध्यक्ष गुजेश्वरी चौधरीले जानकारी दिईन ।

थप समाचार

ताजा खबर