22.9 C
Parāsi
Saturday, May 2, 2026
spot_img

सरावलमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको छ। छात्रवृत्ति छनाैट समिति तथा सरावलगाउँपालिका उपाध्यक्ष बासमती हरिजनकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अातिथ्यतामा छात्रवृत्ति वितरण गरिएको हाे। सरावल गाउँपालिका र एबिसि नेपालकाे संयुक्त लगानीमा २२ जनालाई ४ लाख २० हजार रुपैया उच्च शिक्षा अध्ययनको लागी छात्रवृत्ति वितरण गरिएको हाे। विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै पालिका अध्यक्ष चाैधरीले विद्यार्थी देशको भविष्य भएकाले शिक्षामा गरिने लगानी फलदायी हुने बताउनुभयो । विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्दै अाफु , अाफ्नाे परिवार र सरावललाई देश बिदेशमा चिनाउने किसिमकाे काम गर्नुपर्ने सुझाव दिनुभएको थियोे । चाैधरीले बाेल्दै जनप्रतिनिधि नहुदा अाफु एबिसि नेपालसंग अाबद्ब भएर ल्याएकाे याेजना र हाल अाफु जनप्रतिनिधि भएको बेला याे याेजना कार्वान्यन भएकोमा खुशी ब्यक्त गर्दै अगामी दिनमा पनि यस्ता याेजनालाई निरन्तर्ता दिने बताउनुभयो । सरावल गपालिका अन्तर्गतका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धिसँगै भौतिक विकासका लागि आफूले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

थप समाचार

ताजा खबर