24 C
Parāsi
Saturday, May 2, 2026
spot_img

आत्महत्या रोकथाम सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

परासी, २५ भदौ । रामग्राम नगरपालिकाले आत्महत्या रोकथामका लागि सचेतना मुलक कार्यक्रम गरेको छ ।विश्व आत्महत्या रोकथाम दिवको अवसर पारी रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाले सचेतना मुलक कार्यक्रम गरि दिवस मनाएको हो ।

युवा तथा किशोर किशोरी, सम्वन्ध विच्छेद गरेर एक्लो जिवन बाँचिरहेका व्यक्तिहरु, तनावयुक्त बैवाहिक जीवन, घरवार बिग्रिएर बसेका व्यक्ति, घरेलु तथा लैङ्गिक हिंसा, यौन शोषण, बलात्कार, सामाजिक लाञ्छना आदिमा परेका महिलाहरु, प्रेममा असफल व्यक्तिहरु, ठूलो आर्थिक हानी नोक्सानीमा परेका व्यक्तिहरु, जीवनदेखि हरेस खाएका र आत्मविश्वास गुमाएका ब्यक्तिहरु आत्महत्याको बढी जोखिममा हुन्छन् ।

आत्महत्या गर्ने कारणहरुमध्ये डिप्रेसन रोग प्रमुख हो । डिप्रेसनका कारण मनमा धेरै पीडा हुन्छ, बाँच्ने इच्छा र चाहना घट्दै जान्छ र पीडावाट मुक्ति आत्महत्या गरे मात्र पाइन्छ भन्ने सोचाइ बलियो हुँदै गएपछि यस्ता बिरामीले आत्महत्या गर्छन् ।

डिप्रेसन भएका विरामीको मद्यपान वा लागुपदार्थ सेवन गर्ने बानी छ भने आत्महत्या गर्ने खतरा अरु बढ्छ । मानसिक असन्तुलन, मदिरापानको लत, लागुपदार्थको दुव्र्यसन, छारे रोग, दीर्घखालको र धेरै पीडा हुने शारीरिक रोग र एचआइभी एड्स आदि जस्ता कारणहरुले पनि मानिसहरुमा आत्महत्याको सोच ल्याउन सक्ने र आत्महत्याको प्रयास समेत गर्ने सक्ने सम्भावना हुन्छ ।

मानसिक तथा शारीरिक पीडा एकदमै धेरै भयो भने र आफ्नो जीवनदेखि नै निराशपना उत्पन्न भयो भने व्यक्तिले आत्महत्याको बाटो रोज्छन र कतिपय अवस्थामा आत्महत्याको बाटो रोज्न परिवारका सदस्यहरु तथा अन्य कसैले बाध्य बनाइरहेको हुन्छ ।

आत्महत्या गर्ने विचार गरेकाहरुले आफ्नो विचार घुमाउरो पाराले परिवारजन तथा साथीभाइलाई भनेका हुन्छन् । जस्तै “यस्तो जिन्दगीको के सार, फेरी भेट हुन्छ कि हुँदैन” आदि । यदि व्यक्तिले धेरै निराश भएको कुरा गर्छन् र मर्न पाए हुन्थ्यो जस्ता इच्छा व्यक्त गर्दछन् भन्ने परिवारजनले उसमा आत्महत्याको विचार आएको हो कि भनी शंका गरी यस्तो कुरा किन गरेको भनेर सोध्नुपर्छ । उसलाई यतिखेर सहयोगको आवश्यकता छ भन्ने बुझ्न सक्नुपर्छ । यदि परिवारका सदस्य वा अन्य कसैले यस्तो विचार व्यक्त गरेमा तुरुन्त मानसिक रोग विशेषज्ञ वा तालिम प्राप्त मनोपरामर्शकर्ता कहाँ लैजानुपर्छ ।

आत्महत्या रोकथाममा केही सरकारी संरचना, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थाहरु मार्फत केही पहल गरिए पनि देशभरका जनताहरुको लागि त्यो पर्याप्त छैन । राज्यका संरचना, सहयोगी संघसस्थाहरु, सेवा प्रदायक, घर परिवारका सदस्यहरुवीच एकापसमा समन्वय र सहकार्य नहुँदा आत्महत्या रोकथाममा नेपालले सोचेअनुसार उपलब्धी हासिल गर्न सकेको छैन ।

मानसिक स्वास्थ्यको प्रवद्र्धन र मानसिक स्वास्थ्य समस्याको रोकथाम र आत्महत्याको प्रयास तथा सोच भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श सेवा र उपचारका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरु, मनोविदहरु तथा विशेषज्ञहरुमार्फत सेवाको पहुँच सबैका लागि सर्वसुलभ बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आवश्यक नीति र निर्देशिका बनाएर प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने हुन्छ ।

सरकारका स्वास्थ्य, शिक्षा, महिला, बालबालिका, जेष्ठ नागरिक लगायत सवै खालका प्राथमिकताका वर्ग तथा क्षेत्रहरुमा मानसिक स्वास्थ्यलाई पनि एकीकृत गर्दै कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन जरुरी छ । स्थानीयस्तरका सामुदायिक संघसस्थाहरु र गैरसरकारी संस्थाहरुलाई पनि आत्महत्याको रोकथामको विषयमा जागरुक गराई उनीहरुको क्षमता अभिबृद्धि गर्न सकियो भने त्यस्ता संघसंस्थाहरु मार्फत आत्महत्याको रोकथाममा उल्लेख्य सहयोग गर्न सकिन्छ ।

विशेष गरेर स्थानीय निकायहरुले खासगरी त्यस्ता संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाह गर्दै आफ्नो कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यक्रम लैजान सक्यो भने आत्महत्याको सोचाई गरेका तथा प्रयास गरेका व्यक्तिहरुलाई जोगाउन सकिन्छ ।

डिप्रेसनका तथा विविध कारणले गर्दा आत्महत्याका सोचाई राखेका व्यक्तिले समयमा उपचार पाए भने मनको पीडा घट्दै जान्छ र निको हुन्छ भन्ने आशा पलाएपछि आत्महत्या गर्ने सोचाइ आउने सम्भावना कम हुन्छ । आत्महत्याको रोकथाममा परिवार, समाज, साथीसङगीहरुको भूमिका सवै भन्दा महत्वपूर्ण हुन्छ ।

किशोर किशोरीहरुको मनोविज्ञानमा परेको नकारात्मक प्रभाव, वैदेशिक रोजगारीको असफलता, प्रेमसम्वन्धको असफलता, तथा पारिवारीक कटुसम्वन्धका लगायतका कारण आत्महत्याका प्रयासहरु भैरहने अवस्थालाई मध्यनजर गर्दै रामग्राम नगरपालिकाको स्वास्थ शाखाले समुदायमा आत्माहत्य रोकथामको लागी किशोर किशोरीलाई १ दिने सचेतना कार्यक्रम संचालन गरिएको स्वास्थ शाखका हेल्थ असिस्टेन्ट सुरज गौतमले बताए ।

विद्यालयमा अध्यनरत विद्यार्थीलाई किशोर किशोरीको अवस्थामा हुनसक्ने सम्भावित आत्महत्याको अवस्था र आत्महत्याको जोखिमबाट जोगिने संभावित उपायहरुका वारेमा ईन्द्रणी सामाजिक बिकास मंञ्चकी मनोसामाजिक परामर्शदाता सुमित्रा चौधरीले दिएईको सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बलराम सापकोटाले जानकारी दिए ।

२०७८ ०र७९ को अनुसार ६ हजार ८ सय ३० जना बर्षिक रुपमा आत्माहत्या गरेको पाइन्छ । भने हरेक दिन सरदार १९ देखि २० जनाले ज्यान गुमाउनेको अवस्था छ । बिगत ५ बर्ष देखि ७,८ प्रतिशतले आत्माहत्याको घटना वृद्धी भएको छ । भने ९५ प्रतिशत मानसिक रोगले आत्माहत्या गरेको पाईन्छ । विश्व भारी बढी मात्रमा महिला भन्दा पुरुषको युवाहरुको आत्माहत्याबाट मृत्यु भएको देखिन्छ ।

थप समाचार

ताजा खबर