25.4 C
Parāsi
Friday, May 1, 2026
spot_img

परासी बजार क्षेत्रलाई बाढीको जोखिमबाट बचाउन १ अर्ब २८ करोड बजेट आवश्यक

पश्चिम नवलपरासीको सदरमुकाम परासी बजार क्षेत्रलाई बाढीको जोखिमबाट बचाउन १ अर्ब २८ करोड बजेट आवश्यक हुने आँकलन गरिएको छ । गत भदौ १० गते आएको बाढीले करोडौको क्षति गराएको थियो । त्यस्तै प्रकृतिको बाढी रोक्नका लागि पूर्वाधार बनाउन १ अर्ब २८ करोड बजेट आवश्यक देखिएको हो ।
जल स्रोत तथा सिँचाइ विकास डिभिजनले यसको गुरुयोजना निर्माण गरेको छ । बाढीबाट सदरमुकाम बचाउमा थालिएको अभियानले सरोकारवालाहरु बीच भएको अन्तरकृयामा जल स्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सेमरीले डि.इ. गणेश मरासीनीले ठूलो बजेट लगानीमा मात्रै बाढी रोक्न सकिने बताएका छन् ।
डिभिजन कार्यालयले खोलाको मुहानदेखि सीमा क्षेत्रसम्म ३४ किलो मीटर खोला सफाइका लागि १ अर्ब २८ करोडको डीपीआर तयार गरेको छ । खोलाको ५५ मिटर चौडाई गर्न पर्ने र खोलामा रहेको सिल्ड (बालुवा) पागो भस्कट निकाल्नु पर्ने, बहु वर्षीय गुरु योजना बनाएर काम थाल्नु पर्ने, खोला अतिक्रमण क्षेत्र हटाउनु पर्ने, पुलको ५ सय मिटर क्षेत्रको बालुवा हटाउन पहल गर्नु पर्ने देखिएको छ । चुरे अतिक्रमणका कारण यो अवस्था आएको प्राविधिकहरुले बताएका छन् ।
खोलाको बहाव क्षेत्रको अतिक्रमण गरी बस्ति बस्दा नै बाढी र डुबानको चपेटामा नवलपरासी पश्चिमका अधिकांश नगरपालिका र गाउँपालिका पर्दै आएका छन् । पश्चिम नवलपरासीमा गत भदौमा आएको बाढीले गरेको ठूलो क्षतिका कारण आगामी वर्षामा पुनः गत वर्षकै अवस्था आउन नदिन पहल सुरु भएको भए पनि संघ, प्रदेश र स्थानीय सरकारको लगानी बिना कुनै निकास निकाल्न नसकिने र उनीहरुले चासो नदेखाएको सरोकार वालाहरुले बताएका छन् ।
पश्चिम नवलपरासीमा बग्ने झरही, तुरीया, भलुई, धनेवा रामखन्डालगायतका खालाहरुको दिर्घ कालिन व्यवस्था नहुँदासम्म पश्चिम नवलपरासीमा डुबान, कटान र बाढीको समस्या यथाबत रही रहने सम्बन्धित निकायको भनाई रहेको छ । पश्चिम नवलपरासीको सदरमुकाममा बाढी आउनुमा झरही खोलाको अतिक्रमण र खोला सफाइ नहुनु, परासी पश्चिम क्षेत्रमा रहेको रामखण्ड खोला अतिक्रमण भएर पानी नबग्नु, झरही पुल नजिक खोला बालुवा जम्नु झरहीमा पानीको बहाब आउँदा रामखण्डामा पानी नबग्नु, रामग्राम क्षेत्रमा बनेका ढल व्यवस्थित नहुन रहेको सरोकारवालाले बताएका छन् । रामखण्डको तल्लो भाग चिउरा मिलहरुको अतिक्रमण प्रमुख कारण रहेको बताइएको छ । झरही, तुरीया, भलुई, धनेवा रामखन्डामा वर्षेनी आउने बाढीका कारण रामगा्रम नगरपालिका, पाल्ही र सरावल गाउँपालिकाका बस्ती र खेतीयोग्य बालिनाली ढुब्ने गरेको छ ।
भारतका कारण बस्ती डुबानमा
नेपालबाट भारतमा बग्ने नदीहरुका कारण बर्सेनी नेपालका गाउँ बस्ती र खेती योग्य बाली, नाली डुबानमा पर्ने गरेको छ । नेपाल हँुदै बग्ने नदीहरु भारतमा पुगेपछि भारतले सफाइ नगरेका कारण नेपाली बस्ती र नेपाली बाली, नाली डुवानमा पर्ने गरेको छ । २०१६ सालमा भएको गन्डक सम्झौतामा पनि नेपालबाट बग्ने नदीहरुको सफाइ भारतिय पक्षले गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ । तर भारतले ति नदीहरु सफाइ नगर्दा नेपाली बस्ती वर्षेनी डुबानमा पर्ने गरेको नेपाली अधिकारीको भनाई रहेको छ ।
अहिले आएर भारतले एक पक्ष रुपमा सीमाक्षेत्रमा निर्माण गरेको सड्कका कारण झन नवलपरासी पश्चिमको क्षेत्र डुबानमा पर्ने जोखीम बढेर गएको छ । भारतले नेपालगञ्जदेखि नै बनाउँदै गरेको सडकमा पुल र कल्बड नराखेका कारण नेपालबाट पानीको निकास नपाउने भएपछि पश्चिम नवलपरासी डुबानमा पर्ने खतरा बढेर गएको हो ।
तर नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले नेपाल र भारतबीच हुँदै आएका सीमा बैठकमा यसबारेमा भारतीय पक्षसँग कुरा राखेपछि पानी निकासका लागि पुल र कल्बडहरु राख्ने आस्वासन भारतीय पक्षले दिएको अन्तक्र्रिया कार्यक्रममा बताएका छन् ।

थप समाचार

ताजा खबर