25.4 C
Parāsi
Friday, May 1, 2026
spot_img

के हो सुनाखरी ? ,किन हुन्छ तस्करी।

परासी, ४ माघ

नेपालमा डेन्ड्रोबियमका जम्मा ३१ प्रजातिका सुनाखारीहरु पाईन्छन् ।
विभिन्न प्रजातिहरु छुट्याउदा  जरा, काण्ड, पात , फूल र फलको आकार प्रकार हेरेर छुट्याउने गर्छौ । विगतका अनुसन्धानहरु बाट पत्ता लागे अनुसार डेन्ड्रोबियम अफाइलम ( Dendrobium aphyllum) पूर्वी र मध्ये नेपालमा पाइन्छ । समुद्री सतहबाट १०० देखि १५०० मीटर उचाईमा यो सुनाखरी कटुस, चिलाउने , उतिस , शिशौ, खिरो र फिरफिरे जातिका रुखहरुमा झुण्डिएर उम्रन्छ ।यो चैत्रमसान्तदेखि असारसम्म फुल्दछ । नेपाल भित्र यो बिरुवा सरस्वति – सिमात खोला ( सन् १९६९/४ /१९) , तीनपाने भन्ज्याङ- ललितपुर ( सन् १९७८/५ /३) , सिस्वाटारमाथितिर – संखुवासभा ( सन् १९९४/६ /८) , गोदक- इलाम र मर्स्याङ्दी उपत्यका-गण्डकी क्षेत्रमा पाइने उल्लेख गरिएको छ । नेपाल बाहिर यो भुटान , बंगलादेश, भारत ( पूर्वी र पश्चिमी हिमाली क्षेत्रहरु र आसाम ) , इन्डोनेसिया ,लाओस , माल्दिभ्स , मलेसिया, म्यानमारमा हुने गर्दछ।

सुनाखरीको काण्ड वा जरा, गानो मात्र व्यापार हुने गरेको छ। जरा र गानो मात्र हेरेर त विज्ञले पनि चिन्दैनन्। वन नियमावलीमा सुनाखरीको पाँच औंले मात्र चिन्दा हुने व्यवस्था छ। किनभने अन्य सबै प्रजातिको निकासी दस्तुर एकै छ। पाँच औंलेको जरा र गानो सजिलै चिनिन्छ।

सरकारले संकटापन्न वनस्पतिको व्यापार नियमन गर्न नियम त बनाएको छ, तर सरकारी कागजले धेरैजसो संकटापन्न वनस्पति नै चिन्दैन। सरकारी पक्षको फितलो कागजातका कारण संकटापन्न सुनाखरी सजिलै निर्यात गर्न सकिने अवस्था छ।
सम्बन्धित निकायले व्यापारिक प्रयोजनमा आउने प्रजातिका मात्रा र उपलब्ध जिल्ला तथा निकासी नियम स्पष्ट पार्नुपर्छ। त्यसैगरी लोप हुने अवस्थामा पुगेका प्रजातिबारे पनि जानकारी दिनुपर्छ। यस्ता कतिपय प्रजाति साइटिस अनुसूची वा आईयूसीएनको रातो सूचीमा परेको वा नपरेको अध्ययन हुनुपर्छ। अन्यथा, निकट भविष्यमा सुनाखरीका धेरै प्रजाति नेपालबाट लोप हुनेछन्।

दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस)को अनुसूची –२ मा सूचीकृत सुनाखरीलाई अनुमतिविना संकलन र व्यापार गर्न पाइँदैन। तर, नेपालमा भने यसको अवैध व्यापारसमेत भइरहेको पाइन्छ।

“संरक्षण भन्ने बित्तिकै हामीकहाँ गैंडा, बाघ जस्ता ठूला जनावरहरू मात्र बुझिने गरिएको छ, लोपोन्मुख सुनाखरीबारे धेरैको ध्यान नै पुगेको छैन.

भारतिय बजारमा सोही फूल प्रतिगोटा दशदेखि पन्ध्र हजार रुपैंयाँसम्म बिक्रि गर्ने गरेको बताइन्छ । स्थानिय स्तरमा सुनाखरीको महत्व नबुझदा र जनचेतनाको कमीका यो समस्या आउने गरेको छ । सुनाखरी एकपटक फूलेपछि छ महिनासम्म फुल्ने फूल हो । बिशेष गरेर यो फूल सजावटमा राखिन्छ ।

फरक÷फरक रङको हुने सुनाखरी फूल ठूलठूला होटलमा सजावट र सोखका लागि राखिने गरेको भनाइ छ । जैविक बिबिधताको लागि महत्वपूर्ण बनस्पतिको रुपमा रहेको सुनाखरी साइटीसको सुचिमा सुचिकृत छ । यसको ब्यवसायिक खेती गर्न प्रतिबन्ध छ । जेठ महिनाबाटै फूल्न थाल्ने सुनाखरी मंसिर महिनासम्म फूल्ने गर्दछ । यो फूल मध्यपहाडिदेखि हिमाली क्षेत्रमा बढि मात्रामा पाइन्छ ।

खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले बहुमुल्य जडिबुटि तथा सुनाखरी फूलको खुलेआम तस्करी गरिरहेका छन्।

आज  नवलपरासी पश्चिमबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरिएको छ ।

भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट सुनाखरी र झ्याउ नामका बहुमुल्य जडीबुटी बरामद गरिएको डिभिजन वन कार्यालय परासीका निमित्त डिभिजनल वन अधिकृत डिलाराम पौडेलले जानकारी दिए ।

बरामद भएका जडीबुटीमा ५१ क्विन्टल सुनाखरी र २१ क्विन्टल झ्याउ रहेको छ । प्रहरीले जडीबुटी लुकाएको जानकारी पाएपछि वन कार्यालयलाई खबर गरेको थियो ।

नेपालमा उक्त जडीबुटी बिक्री वितरण, ओसारपसार र संकलनमा रोक लगाइएको छ । प्रतिबन्ध भएका कारण नेपालमा त्यसको बजार मूल्य कायम गरिएको छैन ।

अन्तराष्ट्रिय बजारमा महंगोमा बिक्री हुने भएकाले भारतततर्फ चोरी गर्ने उद्देश्यले उक्त जडीबुटी त्यहाँ लुकाएर राखिएको वन कर्मचारीहरुले बताएका छन् ।

भारत पु¥याउँदा उक्त जडीबुटी करडौंमा बिक्री हुने अनुमान वन कर्मचारीले गरेका छन् । अवैध रुपमा फेला परेका जडीबुटी वन नियमावलीअनुसार सुनाखरीको प्रतिकेजी २ सय र झ्याउको २५ रुपैयाँ राजश्व लिएर प्रकृया अगाडी बढाउने उल्लेख रहेको वन कार्यालयले जनाएको छ ।

कवाड सामान मुनी बोरामा लुकाएको अवस्थामा जडीबुटी बरामद भएको हो । जडीबुटी बरामद भएपनि कारोबारमा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।

जडीबुटी बरामद भएको कवाड संकलन स्थल प्रतापपुर गाउँपालिका–८ का शोभा दमाईको ‘साई ट्रेडर्स कवाड’ नाउँको फर्ममा रहेको छ । संकलन केन्द्रमा भारतको महाराजगञ्ज जिल्ला ठूठीबारी बस्ने राजु पासवानले सामान संकलन गर्ने गरेको प्रहरी उपरीक्ष मनोज कुमार यादवले जानकारी दिए ।

बरामद जडीबुटी धेरै प्रजातिको हुने भएकाले छुट्टाउनका लागि राष्ट्रिय हर्वेनियम तथा वनस्पति प्रयोगशालामा पठाइन लागिएको वन कार्यालयले जनाएको छ । यसअघि पनि सीमावर्ती नाकाबाट झार जस्तो देखिने ठूलो परिमाणका बोराहरु साइकल र टेक्टरमा लोड गरेर लैजाने गरेको स्थानीयले बताएका छन् । संकलन केन्द्र शसस्त्र प्रहरी पोष्ट अगाडी छ ।

दुवै जातीका जडीबुटी पहाडी र उच्च पहाडी क्षेत्रमा पाइने गरेको छ । यी जडीबुटी ठूलो रुखामा नभई बुट्यानमा हुने गरेको छ । पौष्टिक तत्व, आयुर्वेद्धिकलगायत ठूला रोगहरुको उपचारका लागि बनाइने औषधिहरुमा यसको प्रयोग हुने गरेको बताइएको छ ।

 

थप समाचार

ताजा खबर