23.7 C
Parāsi
Tuesday, October 6, 2026
spot_img

पोखरापालीस्थित सिद्धी लक्ष्मी स्टिल उद्योगमा १८ भारतीय ट्रक भित्रियो ,स्थानीय त्रसित

परासी, ४ बैशाख ः

परासी, ४ बैशाख ः
सरकारले अत्यावश्यक सामानका सवारीसाधनबाहेक अन्यलाई रोक लगाएको छ । तर पश्चिम नवलपरासीका विभिन्न उद्योग, कलकारखाना र राजमार्गहुँदै काठमाण्डौं जाने सवारीसाधन भने निर्वाध आउजाउ गर्ने गरेका छन् । जसका कारण स्थानीयमा त्रास बढेको छ । केही स्थानीयले भारतबाट आएका सवारीसाधनको आगमनमा अवरोध गरेपछि प्रहरीसँग झडप समेत भएको छ । उद्योग कलकारखानामा आउने भारतीय चालक र सहचालकहरु बाहिर निस्केर हिडडुल गर्न थालेपछि स्थानीयहरु झन त्रसित बनेका हुन् ।
रुपन्देहीको भैरहवा भन्सार नाकाबाट दिनहुँजसो अत्यावश्यक सामानबाहेकका सवारीसाधन प्रवेश गरिरहेका छन् । पाँच दिनअघि सुनवल नगरपालिकामा रहेको लक्ष्मी स्टील उद्योगमा भारतबाट कच्चा पदार्थ बोकेर आएका ट्रकलाई रोकेपछि प्रहरी र स्थानीयबीच झडप नै भएको थियो । त्यसैगरी मंगलबार राती रामग्राम नगरपालिका पोखरापालीस्थित सिद्धी लक्ष्मी स्टिल उद्योगमा १८ भारतीय ट्रक पुगेका छन् । दिनहुँजसो जिल्लाका विभिन्न उद्योग, कलकारखानामा कच्चा पदार्थ बोकेर आउने भारतीय ट्रकको संख्या बढ्दो छ । लाम लाएर ट्रक आएको बारे प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि वास्ता नगरेको पोखरापालीका स्थानीय रुपेश सहानीले बताए । लकडाउन अवधिभर अत्यावश्यक बाहेक अन्य सवारीसाधन नपठाए जोखिम कम हुने स्थानीयको भनाई छ ।
उद्योगभित्र आएका ट्रकका चालक र सहचालकलाई बाहिर निस्कन नदिइएको सिद्धि लक्ष्मी उद्योगका प्रशासकीय अधिकृत कृष्णकान्त अधिकारीले बताए
त्यसैगरी उद्योगको कच्चा पदार्थबाहेक काठमाण्डौंलगायत अन्य शहरमा मार्वल र टायल बोकेर आएका सवारीसाधनहरु पनि जाने गरेको एक सुरक्षाकर्मीले बताए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका नायब उपरीक्षक प्रवक्ता विरेन्द्र थापाले सरकारले उद्योग कलकारखाना सञ्चालन गर्न दिने भनेकाले कच्चा पदार्थ बोक्ने सवारीसाधनलाई नरोकेको बताए ।
प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भन्सार काटेर आएका सवारीसाधनलाई रोक्न समस्या भएको बताए ।‘ भन्सारले मुख्य प्रवेशद्धारमै रोक्नु पथ्र्यो । राजश्व तिरेर आवतजावत गर्न दिएपछि हामीले रोक्न सक्दैनौं । ’ प्रजिअ दाहालले भने ।
यता भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृत कमल प्रसाद भट्टराईले ट्रान्सपोर्टको सामान नरोक्ने आदेश भएकाले भन्सार काटेर पठाउने गरेको बताए । ‘हाम्रो काम रोक्ने होईन । भन्सारमा सामान लिएर आउने सबै सवारीसाधनलाई नरोकी पठाउन भनिएको छ । त्यसैले राजश्व लिएर पठाउने गरेका हौं । ’ भट्टराईले भने ।

थप समाचार

ताजा खबर