नवलपरासिका राजनितीक दलहरुले बूझाए ज्ञापन पत्र

परासी चैत्र ,३०
    नवलपरासिका राजनितीक दलहरुले गरिव तथा विपन्न वर्गलाई रामग्राम नगरपालिकाले वितरण गरेको राहत सामाग्री गुणस्तरहिन भएको भन्ने बारे आमसंचार माध्यममा आएका समाचारहरु प्रति मध्य नजर गर्दै आज नवलपरासी पश्चिमका प्रमुख जिल्ला आधिकारी लाई ज्ञापन पत्र बूझाएका छन् ।
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९) का कारण गत चैत्र ११ गतेदेखि देश लकडाउनम छ । लगडाउनका कारण देश ठप्प छ ,, देश ठप्प हृँदा मजदुर, किसान, गरिव तथा विपन्न परिवारलाई निकै समस्या भएको भन्दै वर्तमान परिपेक्षमा पश्चिम नवलपरासीका ७ वटै पालिकामा गरिव तथा विपन्नकालागि राहत वितरण प्रारम्भ भएकोमा नवलपरासिका सवै राजनितीक दलहरु स्थानिय तहको सराहनिय भूमिकालाई नजिकबाट नियालि रहेको सन्दर्भमा रामग्राम नगरपालिकाले गरिव तथा विपन्न वर्गलाई वितरण गरेको राहत सामाग्री गुणस्तरहिन वितरण गरिएको बारे आमसंचार माध्यममा आएका समाचारहरु प्रति हाम्रो गम्भिर आकृष्ट भएको छ , बिज्ञप्तिमा उल्लेख छ । संकटको यो घडिमा गरिव तथा विपन्न वर्गलाई वितरण गरिने राहतमा गम्भिर लापरवाही देखिएकाले राहत सामाग्रीको गुणस्तर के कसो हो तत्कालै छानविन गरि कडा कार्यवाहीको माग गर्दै गरिव तथा विपन्न वर्गलाई आवश्यक मापदण्ड अनुसारको राहत खाद्यान्न सामाग्री वितरणको व्यवस्था अविलम्ब गर्न गराउन माग गर्दै सर्वदलिय प्रतिनिधीहरु नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का जिल्ला सचिवालय सदस्य तथा नगर ईञ्चार्ज बूद्धन अलि ,समाजवादि पार्टीका जिल्ला कार्यकारि समिती राजेन्द्र प्रसाद यादव,राप्रपाका नगर अध्यक्ष रामभवन यादव र स्वतन्त्र राजनितिक समूहका जिल्ला संयोजक राधे रामन पाण्डे लगायतले ज्ञापन पत्र बूझाएका हुन् ।