परासी, २९ चैत ः
प्रदेश ५ का सभासद् बैजनाथ जयसवाल (कलवार) ले आफ्नो निर्वाचन क्षेत्रका सबै घरधुरीलाई स्वास्थ्य सुरक्षित सामाग्री वितरण गरेका छन् ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभासद् जयसवालले ३४ लाख बराबरको सुरक्षित सामाग्री सर्वसाधारणलाई वितरण गर्न स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् । १८ वडा रहेको रामग्राम नगरपालिकाका १३ वटा वडा र पाल्हीनन्दन गाउँपालिकाका सबै (६) वटा वडाहरु उनको निर्वाचन क्षेत्रमा पर्दछन् । सभासद जयसवालले त्यहाँ रहेका कुल १७ हजार घरधुरीलाई जनही २ थान मास्क, १ सय ५० एमएलको सेनिटाइजर र एक बटा साबुन वितरण गरेका हुन् । वितरण गरिएको सुरक्षित सामाग्रीको मूल्य एक घरधुरीलाई जनही २ सयका दरले रहेको छ । ‘विपन्नहरुका लागि स्थानीय सरकारहरुले राहत उपलब्ध गराउँदै आएका छन् । संघसंस्थाले पनि एकद्धार प्रणाली मार्फत राहत दिएका छन् । गाउँघरमा कोरोनाबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सामाग्री अभाव देखेकाले उक्त सामाग्री उपलब्ध गराएको हुँ ।’ सभासद जयसवालले भने ।
सभासद्बाट प्राप्त सुरक्षित सामाग्री वडामा गठन भएका विपद् व्यवस्थापन समिति मार्फत जनताको घर÷घरमा पु¥याइने पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष पावित्री कुमारी कोहारले बताईन् ।