25.4 C
Parāsi
Friday, May 1, 2026
spot_img

नवलपरासी उद्योग वाणिज्य संघद्धारा पश्चिम नवलपरासीका सातै स्थानीय तहलाई राहत हस्तान्तरण

परासी, २९ चैत ।

मुलुकमा कोभिड–१९ को जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा दैनिक छाक टार्न समेत धौधौ हुने वर्गका लागि नवलपरासी उद्योग वाणिज्य संघले जिल्लाका सातै स्थानीय तहलाई राहत हस्तान्तरण गर्न शुरु गरेको छ ।

संघले स्थापना गरेको राहत कोषमा जम्मा भएको रकमबाट स्थानीय तहले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी खाद्यन्न उपलब्ध गराईएको संघका अध्यक्ष केशव भण्डारीले बताउनुभयो । आज सुनवल नगरपालिका र पाल्हीनन्दन गाउँपालिकालाई एक÷एक हजार किलो चामल हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।

अन्य स्थानीय तहलाई पनि उक्त बरावरको राहत वितरण गरिने संघले जनाएको छ। राहत हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष भण्डारी, उपाध्यक्ष नगेन्द्र अग्रहरी, महासचिव गिरीराज पाण्डे, सचिव तारा आचार्य, कार्यकारी सदस्यहरु भोला पराजुली, सम्झना चौधरी, समाजसेवी धीरज शर्मा लगायतको पनि उपस्थिति रहेको थियो भने सुनवल नगर प्रमुख भीमबहादुर थापा र उपप्रमुख दधिराम अर्याल तथा पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)लाई छुट्टाछुट्टै कार्यक्रमका साथ उक्त राहत हस्तान्तरण गरिएको थियो ।

थप समाचार

ताजा खबर