वक्तृत्वकलामा वाकवाणी मा.वि. प्रथम

परासी, २६ माघ

प्रहरी–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले परासीमा आयोजना गरेको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा सुनवलस्थ्ति वाकवाणी मा.वि. जगार्हा प्रथम भएको छ ।
‘अपराध नियन्त्रणमा विद्यार्थी र प्रहरी’ विषयक प्रतियोगितामा वाकवाणी मा.वि.का आशिष पाण्डे प्रथम भएका हुन् । प्रतियोगितामा लिटिल एञ्जेल्स मा.वि.की सप्निक्षा बराल द्धितिय, साकुरा मेमोरियल सुनवलका विकास भण्डारी तृतिय र सोमनाथ बाबा मा.वि. सुनवलका गौरव गैरेले सान्तवना स्थान हासिल गरेका छन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तवना स्थान हासिल गर्नेलाई जनही १५ हजार, १० हजार, ५ हजार र २ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार प्रदानगर्दै जिल्ला प्रहरी उपरीक्षक लालमणि आचार्यले समाजमा हुने अपराध नियन्त्रणलाई प्रहरीले मात्र न्यूनिकरण गर्न नसक्ने भन्दै त्यसमा विद्यार्थीहरुको भूमिका अहम हुने बताउनुभयो । अपराधको सुरुवात घरहुँदै समाज र सिङ्गो राष्ट्रमा पुग्ने भएकाले विद्यार्थीहरु नै न्यूनिकरणका लागि पहिलो भूमिका निभाउन सक्नेमा प्रहरी उपरीक्षक आचार्यको जोड थियो । प्रतियोगितामा संस्थागत र सामुदायिक गरी जिल्लाका १८ वटा विद्यालयको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभ