नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी पाल्पा जिल्लाका १० स्थानिय तह तथा श्री गोरखदल पाल्पाको सयुक्त आयोजनामा म्याराथुन आयोजना हुने

माघ १० शुक्रबार ,

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी पाल्पा जिल्लाका १० स्थानिय तह तथा श्री गोरखदल पाल्पाको सयुक्त आयोजनामा भोली मिति २०७६÷१०÷११ गते बिहान ७ बजे देखी २१ की.मी हाफ म्याराथुन ५ की.मी म्याराथुन दौड तथा ३ की.मी वाकाथुन आयोजना हुने भएको ६ । यस प्रतियोगीतामा अहिलेसम्म २०० प्रतियोगीले नाम दर्ता गरीसकेको कुरा सेनानी मनेज डंगेलले जानकारी दिनु भयो ।
२१ किमी हाफ म्याराथुन तानसेन स्थीत टुडिखेलबाट सुरु भई तानसेन परिक्रमा गरी भैरब स्थान पुगी पुन तानसेन टुडिखेल आई समाप्त हुने छ । जसको प्रथम दोस्रो तेस्रो र सान्त्वना परस्कार ५० हजार ,३० हजार, १५ हजार र ५ हजार रहेको छ । २१ किमी हाफ म्याराथुन खुल्ला प्रतियोगिता रहेको छ ।
त्यस्तै ५ कि.मी दौड प्रतियोगिता कक्षा १२ सम्मका छात्र छात्राहरु बीच हुनेछ । यो दौड प्रतियोगिता बिहान ७ः४५ मा टुडिखेलबाट सूरु भई नारायण मन्दीर मिसन हस्पीटल हुदै गोर्खेकोट पुगि सोही रुट भई टुडिखेलमा समाप्त हुने छ । जसको प्रथम दोस्रो तेस्रो र सान्त्वना परस्कार २० हजार ,१० हजार, ५ हजार र २ हजार रहेको छ ।
त्यस्तै वाकाथुन ३ कि.मी तानसेन टुंडिुखेलबाट सुरु भई तानसेन बजार परिक्रमा गरी पुन टुंडिुखेल आई समापन हुने जानकारी सेनानी मनेज डंगेलले जानकारी दिनु भयोे । वाकाथुन बिहान ८ बजे बाट हुने छ ।