३ करोड लगानीमा ग्लोसी पेन्ट्स

पश्चिम नेपालको रुपन्देहीमा एक युबाले ३ करोड लगानीमा पेन्टस उद्योग सञ्चालनमा ल्याएका छन् । जिल्लाको ओमसतीया गाउँपालिका वडा नं. २ पडसरीमा ग्लोसी पेन्टस प्रालि नामको उद्योग युबा सन्तोष चौधरीले सञ्चालनमा ल्याएका हुन् । पेन्ट ब्यबसायमा १ दशक भन्दा लामो समय बिताएर अनुभब बटुलेका चौधरीले यस अघि बाबा पेन्टसमा मार्केटिंगको काम ८ बर्ष काम गरेका थिए । त्यसमा काम गर्दाको अनुभब लगायतलाई प्रयोग गर्दै संयुक्त लगानीमा ग्यालेक्सी पेन्टस स्थापना गरी काम सुरु गरेका चौधरीले अहिले आफनो एकल लगानीमा यो नयाँ उद्योग सञ्चालनमा ल्याएका हुन् । स्वदेशमै केही गरौ भन्दै उनले यो उद्योग सुरु गरेका हुन् ।

ग्लोसी पेन्टसले भारतिय प्रबिधी प्रयोग गरी डिस्टेम्पर, प्राइमर, एस्ट्रे प्राइमर, इन्टेरियर इमुल्सन, एस्ट्रे इमुल्सन, फर्निचर इनामेल, हेवरटम, वाल पुटिङ, सल्भेन्ट लगायत ८ बढी प्रकारका पेन्टसमा प्रयोग गरे हुने बस्तुहरु उत्पादन भैरहेको चौधरीको भनाई छ ।

उद्योगबाट रंगोली, जीपी प्राइमर, इको प्राइमर, प्राइम एक्सटेरियर, अक्वा सिल एक्सटेरियर, इमुल्सन, वेदर सिल्ड एक्सटेरियर ब्रान्डमा उत्पादन बजारमा ल्याएको छ ।

उद्योगले पेन्टका लागी आबश्यक पर्ने सबै कच्चा पदार्थ भारतबाट आयात गर्छ। प्रबिधी पनि भारतिय रहेकोले भारतिय उत्पादन सरहकै गुणस्तरीय पेन्टस र अरु उत्पादन हामी ग्राहकहरुलाई ग्यारेन्टीका साथ दिन्छौ, उद्योगका प्रबन्ध निर्देशक समेत रहेका चौधरीले भने । बजार मुल्य पनि अन्य स्थानिय(राष्ट्रिय) र भारतिय पेन्टस भन्दा कम नै रहेको र ग्राहकहरुले अहिले छुट समेत पाउने उनले जानकारी दिए ।
अन्य उद्योगहरुले जति छुट उपलब्ध गराउछन हामी पनि त्यो भन्दा राम्रो छुट, सुबिधा उपभोक्तालाई दिन्छौ, कम नाफा लिएर ग्राहकलाई हामी सन्तुष्ट पार्छौ, गुणस्तरीय पेन्टस दिन्छौ, उनले बताए ।

हाम्रो उत्पादन अन्य नेपाली मात्र होईन भारतिय पेन्टसहरुको तुलनामा बराबर छ, अरु भन्दा गुणस्तरमा केही कम छैन्, ढुक्क संग प्रयोग गरी स्वदेशी पेन्टस उद्योगहरुलाई टेवा दिनु पर्छ, उनले भने । पेन्टस उद्योग मार्फत बार्षिक अर्बौ रुपैया बिदेशीएको समयमा यस्ता साना उद्योगहरुले सानै रुपमा भए पनि आयात प्रतिष्थापन गर्ने भएकाले यस्ता उद्योगहरुलाई राज्यले प्रोत्साहन गर्नु पर्ने उनको भनाई छ ।

विगत २ महिना अघि देखि बजारमा यो पेन्ट्स बिक्रि गर्न थालिएको र हालका लागी लुम्बिनी अञ्चलका जिल्लाहरु संगै पोखरा, बेनी बाग्लुंग, नारायणगढमा बिक्री बितरण सुरु भएको र उपभोक्ताहरुको राम्रो प्रतिकृया पाएको चौधरीले बताए । सस्तो राम्रो, गुणस्तरीय पेन्टस र अन्य बस्तु उत्पादन भै बजारमा गएकोले राम्रो भैरहेको छ । आउने दशै सम्म बजार बिस्तार पनि गर्छौ उद्योगमा लगानी थप गरी १० करोड पुरयाउछौ, चौधरीले भने ।