26.6 C
Parāsi
Wednesday, April 17, 2024
spot_img

रामग्राम नगरपालिका ३ ,१२ र १३ नं वडा कार्यालय परासीको आयोजनामा जेष्ठ नागरिकहरूलाई न्यानो लुगा कम्मल वितरण

रामग्राम नगरपालिका ३ नं वडा कार्यालय परासीको आयोजनामा जेष्ठ नागरिकहरूलाई न्यानो लुगा कम्मल वितरण गरेको छ ।
वडा भित्रका सामाजिक सुरक्षा भत्ता खाइपाइरहेका गरीब, विपन्न ,एकल जेष्ठ नागरिकहरूलाई सम्मान स्वरूप न्यानो लुगा वितरण गरिएको रामग्राम नगरपालिका ३ नं का कार्यबाहक अध्यक्ष सुरज पाण्डेले बताउनु भयो ।
चालु आर्थिक वर्ष २०७६।०७७ मा विनियोजित एक लाख रकमबाट वडा नम्बर ३ का १८० जनालाई न्यानो कम्बल वितरण गरिएको रामग्राम नगरपालिकाका ३ का कार्यबाहक अध्यक्ष सुरज पाण्डेले बताउनु भयो । ।
कार्यक्रमलाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले जेष्ठ नागरिक समाजका धरोहर भएकोले उहाँहरूको सम्मान तथा हेरचाह गर्नुपर्ने सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।
जेष्ठ नागरिकहरूका अनुभवलाई समाज रूपान्तरण र विकासमा प्रयोग गर्न सकिनेमा उहाँले जोड दिनुभयो । रामग्राम नगरपालिका भित्रका विभिन्न वडाले गरीब, विपन्न तथा निश्चित उमेर समुहका जेष्ठ नागरिकहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी वर्ष बजेट थप गरी सबै जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने योजना रहेको बताउनु भयो ।कार्यक्रममा पत्रकार महासंघ नवलपरासी का अध्यक्ष हरि शर्माले पनि आफ्नो धारणा राख्दै जेष्ठ नागरिकहरूलाई एउटा भवन बनाईदिन नगरपालिका लाई आग्रह गर्नु भयो ।  वडानं ३का कार्यबहाक अध्यक्ष सुरज पाण्डेको अध्यक्ष्तामा भएको बितरण कार्यक्रममा रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुवर,परासी खानेपानी तथा सरसफाईका अध्यक्ष खगेश्वरी पन्थी नेपाल पत्रकार महासंघका अध्यक्ष हरी शर्मा,लगायतले अ—आफनो धारण राखेका थिए । त्यस्तै गरी नेपाल रेडक्रस सोसाईटीको उपशाखा जमुवाड १२र १३ले जेष्ठ नागरिकहरुलाई काम्बल बितरण गरेको छ । रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले १२ र १३मा रहेका जेष्ठ नागरिकहरुलाई काम्बल बितरण गरेका हुन । १२ र १३मा रहेका जेष्ठ नागरिकहरु गरी कुल ५० जनालाई बितरण गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी जानकारी दिए ।

थप समाचार

ताजा खबर