नवलपुरमा भारतीय बस पल्टँदा १६ जना घाइते

चोरमारा (नवलपुर) । बुटवल नारायणगढ पूर्वी नवलपरासीको डण्डा चोरमाराबीच जंगलमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा भारतीय पर्यटक बोकेको बस युपी ६५ ईपी ७३१५ नम्बरको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।
पोखराबाट भारतको मुम्बई जाने क्रममा उक्त बस ट्रकसँग ओभरट्याक गर्ने क्रममा चालक झुक्किन पुग्दा शुक्रबार दिउँसो बस दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
बस सडकबाट तल खसेको छ । सडक नजिकै रहेको रुखका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको हो ।
दुर्घटनामा परी घाइते १६ जना मध्ये १५ जना उपचार पछि फर्किएको र एक जना गम्भीर घाइतेको चितवन मेडिकल कलेजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले दाउन्ने न्यूजलाई बताए ।
दुर्घटना पछि अलपत्र परेका यात्रुहरुलाई प्रहरीले नेपाल भारत नाका सुनौली नाकासम्म छाडिएको छ ।
त्यसैगरी पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको गैडाकोट ८ थुम्सी जंगलमा विपरित दिशाबाट आइरहेको लु १ ख ९५५१ नम्बरको ट्रक र लु १ ख ३५२२ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई पल्टँदा केही बेर सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक पछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।