रामग्राम नगपालिकाको वडानं १८ रहेको प्राचिन कोलिया गणराज्यको राजधानी एवं बुद्धको मावली पण्डितपुरमा जियोफिजिक्स सर्बे सुरु ।

परासी,२८ पुस ।
पश्चिम नवलपरासीको रामग्राम नगपालिकाको वडानं १८ रहेको प्राचिन कोलिया गणराज्यको राजधानी एंव बुद्धकालिन पर्यटकीय स्थल पण्डितपुरमा जियोफिजिक्स सर्बे सुरु भएको छ
। रामग्राम नगरपालिकाको पहल र पुरात्तव बिभागको आर्थिक सहयोगमा टोलीले आजदेखी बुद्धको बस्ताविक मावली पण्डिपुरमा जियोफिजिक्स सर्बे सुरु गरेको हो ।बुद्धको बस्ताविक मावली पण्डिपुरमा बेलायतको दुरहाम बिश्वबिद्यालयका एलिस नेकोर र रिची भिक्लिसको टोलीले जियोफिजिक्स सर्बे गरिरहेको छ । पण्डितपुरमा जियोफिजिक्स सर्बे चारदिन सम्म चल्ने पुरात्तव बिभागका प्रमुख एवं पुरात्तव बिभागका प्रवक्ता रामबहादुर कुवरले जानकारी दिए । उनको अनुसार जमिनमुनि दुई मिटर गहिराईमा रहेका पुरावित्त बस्तुहरु पोखरी ईनार लगायतका जियोफिजिक्स सर्बेबाट पत्ता लागाउने योजना रहेको बताए ।

कुवँरले भने कापिलबस्तु तिलौराकोट ,लुम्बिनी र रामग्राम स्तुप संगै पण्डितपुर सामाग्रीहरु समाकालिन समयका भएपनि रुपन्देहीको देवदह र पण्डितपुरलाई बुद्धको वास्ताविक मावली भन्नलाई हालसम्म यस्थेष्ट प्रमाणहरु नभेटिएकाले किटानका साथ भन्न नसकिने बताए । जियोफिजिक्स सर्बेको वास्तविक बुद्धको मावली पण्डितपुर भने प्रमाणित हुनेको लागि रिर्पोट ३÷४ महिनामा आउने प्रमुख कुवँरले जानकारी दिए ।

रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले बुद्धको मावली पण्डिपुरलाई पर्यटकीय क्षेत्रको बिकास गर्नको निम्ति पुरावित्तव बस्तु नभएको क्षेत्र पहिचान गरेर करिब ६० करोड लगानीमा कोलिया पिस गार्डेन बनाउनको लागि गुरुयोजना निमार्ण भईरहेको बताए । करिब दुई बिगाह क्षेत्रफलमा पिस गार्डेनभित्र बुद्धको मूर्ति ,स्थापना विपास्ना गृह र बुद्धबाटिका सहितको सौन्र्दरीकरण निमार्ण र ऐतिहासिक पूर्वाधार निमार्ण हुने बताए ।

जियोफिजिक्स सर्बे गरिसकेपछि पण्डितपुरमा थप उत्खनन गर्नको लागि रामग्राम नगरपालिकाले बजेट पनि बिनियोजन गरेको जानकारी गराउदै अब छिट्टै नै उत्खनन कार्य सुरु गरिने गुप्ताले बताए । हाल सम्म पण्डितपुरको विस.२०५७ सालमा पत्ता लागेको सो स्थलमा दुई वर्षअघिसम्म पुरातत्व विभागले उत्खनन् गरेको थियो । उत्खनन्को क्रममा सो क्षेत्रबाट बुद्धकालका सबैभन्दा पुराना पुरातात्विक महत्वको वस्तुहरु फेला परेका थिए ।

त्यसपछि भने लामो समय त्यहाँको थप उत्खनन् भएको छैन् भने उत्खनन्बाट प्राप्त वस्तुहरुको संरक्षण पनि नहुँदा पण्डितपुर ओझेलमा पर्दै गएको छ । त्यहाँ भेटिएका पुरातात्विक वस्तुहरु छरपष्ट अवस्थामा छन् । बुद्धकालमा प्रयोग भएका डिस, माटाका भाडा, लोरो, इङ्कपट, माटोको कचौरा, पानी राख्ने भाँडो, माटोको ठूलो भाँडो, माटोकै कराही, ईट्टाका भग्नावशेषहरु अहिले त्यस क्षेत्रमा यत्रतत्र देख्न सकिन्छ ।

पुरातत्वविद डा.तारानन्द मिश्र र भाष्कर ज्ञवालीसहितको उत्खनन टोलीले त्यहाँ उत्खनन् गर्दा इसापूर्व सात सय वर्ष पुराना पोस्टहोल, मौर्यकालीन इनार, ईट्टा, ग्रेबर, मडवाल, रिङबेल लगायतका प्राचीन वस्तुहरु फेला पारेको थियो । यस्तै बुद्धको मावलीमा पण्डितपुरमा पुरातत्व बिभागका पुरातत्वबिद २००२मा शुक्रसागर श्रेष्ठले गरेको प्रारम्भिक उत्खननको अनुशारण गदै नेपाल सरकार पुरातत्व बिभागका पुरातत्वबिदहरुले सन् २०१२देखी २०१५सम्म उत्खनन गरेको र उत्खननको क्रममा प्राप्त सांस्कृतिक तह प्राचिन संरचना र महत्वपूर्ण पुरातात्विक बस्तुहरुको प्राप्तीले सो ठाउँ लुम्बिनी र कपिलबस्तुको समाकालिन भएको पुष्टी भएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडानं १८ स्थित पण्डितपुर नेपालकै महत्वपूर्ण पुरावात्वि स्थल हो । रामग्राम स्तुप देखि ९ किलो मिटर उत्तर पश्चिममा रहेको छ । करिब ६० बिगाह क्षेत्रफलमा फैलिएको यो ठाउँलाई उत्खननमा संग्लन पुरातत्वबिदहरुले प्राचिन कोलियगण राज्यको राजधानी भएको संकेत गरेको थियो ।