37.6 C
Parāsi
Tuesday, May 19, 2026
spot_img

साना किसान कृषि सहकारी संस्था सुनवल १२ भुमहीका नवनिर्वाचित अध्यक्ष भण्डारीलाइ एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरीयो

उर्मिला यादव

सुनवल

पुस २८

साना किसान कृषि सहकारी संस्था सुनवल १२ भुमहीका नवनिर्वाचित अध्यक्ष तिल प्रसाद भण्डारीलाइ आज एक कार्यक्रमका बिच स्वागत तथा सम्मान गरीएको छ । लालि गुरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष छबिलाल सापकोटाको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण प्रसाद देवकोटाको प्रमुख आथित्यतामा आज सुनवल १३ घिउडल्लामा भण्डारीलाइ खादा तथा अबिर लगाइ स्वागत तथा सम्मान गरीएको हो । कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर १३ का वडा अध्यक्ष देवकोटाले बोल्दै साना किसान कृषि सहकारीको अध्यक्षमा नवनिर्वाचित अध्यक्ष तथा कार्यक्रमका बिशिष्ठ अतिथी तिलप्रसाद भण्डारीलाइ सफल कार्यकालको शुभकामना दिदै सहकारीलाइ अझै आगामी दिनमा प्रभावकारी रुपमा अगाडी बढाउन नया उर्जा र जोस जागरका साथ लाग्नु पर्नेमा जोड दिनु भएको थियो । संस्थाका उपाध्यक्ष गोमा न्यौपानेको स्वागत मन्तब्य रहेको कार्यक्रममा कृषक जनशक्ति सहकारी संस्थाका अध्यक्ष रामराज श्रेष्ठ, साना किसान सहकारी संस्थाका लेखा समिती संयोजक तोयानाथ न्यौपाने , सदस्य नरिश्वर पराजुली लगायत स्ांस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो । भने कार्यक्रम संचालन संस्थाका कोषाध्यक्ष प्रकाश पौडेलले गर्नु भएको थियो ।

थप समाचार

ताजा खबर