गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: जर्मन म्युनिखलाई संचालनको जिम्मा दिने तयारी

सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनको जिम्मा जर्मनीको म्युनिखलाई दिने तयारी गर्दै छलफलमा बोलाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सञ्चालनको जिम्मा जर्मनीको ‘म्युनिख’ विमानस्थललाई दिने गरी उसलाई छलफलमा बोलाइको हो ।

प्राधिकरण महानिर्देशक राजन पोखरेलका अनुसार जर्मनीको म्युनिखले बुझाएको लिखत प्रस्तावको विषयमा छलफलका लागि बोलाइएको हो ।  ‘जिटुजी’ मार्फत् विमानस्थल सञ्चालनको जिम्मा ‘म्युनिख’लाई दिने प्रक्रिया अन्तिम चरणमा पुगेसँगै छलफलमा बोलाइएको उहाँले बताउनुभयो ।

छलफलपछि मन्त्रालयले मन्त्रिपरिषद्बाट नै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनको लागि पहिलो चरणमा ३ वर्षको समय तोकेर म्युनिखलाई जिम्मा दिने तयारी गरेको महानिर्देशक पोखरेको भनाइ छ ।