लायन्स क्लबमा सपना

परासी, १३ असोज ः

पश्चिम नवलपरासीको लायन्स क्लब अफ सुनवल डिष्ट्रिक–३२५,‘बि–टु’ को अध्यक्षमा सपना अधिकारी थापा चयन हुनु भएको छ । थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको हो । नव गठित समितिलाई सुनवलमा एक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको छ ।
क्लबका डाईरेक्टर अनुप पहारीले नव निर्वाचित समितिलाई पदस्थापन गराउनु भएको हो । त्यस क्रममा पहारीले क्लबले ‘एम.एफ.जे. फण्ड’ मार्फत सुनवलमा आँखा उपचार केन्द्र सञ्चालनका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसैगरी कार्यक्रममा नगरप्रमुख भीमबहादुर थापाले सामाजिक कार्यमा अघि बढेको क्लबको भवन निर्माणका लागि नगरपालिकाले पहल गर्ने बताउनु भएको थियो ।
क्लबको विधानअनुसार समितिमा तीन जना उपाध्यक्ष रहने प्रावधान छ । जसअनुसार प्रथम, द्धितिय र तृतिय उपाध्यक्षमा क्रमश ः दीपक खनाल, दीपक तिवारी र नारायण थापा चयन हुनु भएको छ । सचिवमा विनय अधिकारी र कोषाध्यक्षमा राम प्रसाद भण्डारी चयन हुनु भएको छ । क्लबमा ३० जना सदस्य आवद्ध छन् ।
भवन निर्माणका लागि जग्गाको व्यवस्था गरिदिन नगरपालिकासँग अनुरोध गर्ने प्रथम उपाध्यक्ष खनालले जानकारी दिनुभयो ।
त्यसैगरी बर्दघाट नगरपालिकाको भूताहामा पनि क्लब गठन गरिएको छ । नव गठित क्लबको नाम ‘लायन्स क्लब अफ संसारकोट’ राखिएको छ । जसको अध्यक्षमा कुलदिप आचार्यलाई चयन गरिएको छ ।