नवलपरासीमा शसस्त्र प्रहरीद्वारा कडाई

नवलपरासी, ७ असोज ।

पछिल्लो समय नवलपरासीमा शसस्त्र प्रहरीले सिमा तस्करीमा कडाई गर्दै आएको छ ।



गए राती शसस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती टोलीले प्रतापपुर गाँउपालिका वडा नं ४ हरकपुरा बाट नेपाल बाट भारत तर्फ करिब ६ क्विन्टल केराउ आलु र १५० बोत्तल रक्सी अबैध रुपमा लैजादै गर्दा पक्राउ गरी नियन्त्रण लिएको छ ।

पक्राऊ गरिएको सामग्री आज बिहान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको शसस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले जानकारी दिए ।

अधिकारीले सिमा तस्करीमा कडाई गर्दै करिब १ महिनामा करिब १२ लाख बराबरको अबैध सामग्रीहरु पक्राऊ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बुझाई सकेको शसस्त्र प्रहरी बोर्डर आऊट पोस्ट गुठी परसौनीले जनाएको छ । जिल्लाको सिमावर्ती क्षेत्रका बिभिन्न नाकाहरुबाट सिमा तस्करी बढेपछी नियन्त्रण गरिएको छ ।