26.7 C
Parāsi
Friday, April 3, 2026
spot_img

बर्दघाट उद्योग बाणिज्य संघको कार्यसमितिमा मनोनयनको विषमा असहमती

नवलपरासी असोज ६
बर्दघाट उद्योग बाणिज्य संघको कार्यसमितिमा मनोनयनको विषमा समिति भित्रै असन्तुष्टि देखिएको छ । संघको आईतबारको बैठकमा अध्यक्ष लेखनाथ न्यौपानेले मनोनयन गर्नेहरुको नामावली बैठकमा पेश गरेससंगै बरिष्ठ उपाध्यक्ष राजु पाण्डे, महासचिव दिनेश न्यौपाने र सदस्य दामोदर जिसीले असहमती जनाएका हुन ।

 

उनीहरुले अध्यक्ष न्यौपानेले एकलौटी ढंगले बहुमतको दम्भ देखाउदै आपु अनुकुलका ब्यक्तिहरुलाई कार्यसमितिमा ल्याएको भन्दै बैठकको माईन्युटमै असहमती उल्लेख गरेका छन् ।  सम्पूर्ण ब्यापारी बर्ग हरुका भावनालाई अवमुल्यन गर्दै उद्योग बाणिज्य संघ बर्दघाटलाई अध्यक्ष ज्यू ले एकलौटी र पुर्वाग्रही संचालन र निर्णय गर्दै अगाडि बढेकोले प्रस्ताव नम्बर १ मा असहमी रहेको उनीहरुले उल्लेख गरेका छन् ।

 

आईतबार बसेको बैठकमा १ नम्बर प्रस्तावमै मनोनित सम्बन्धी प्रसताव राखिएको थियो । उक्त प्रस्ताव अनुरुप एसोसिएट्स सदस्यमा किसान पाईप प्रोडक्स प्रा.लि., महिला सदस्यमा दिलमाया राना, सदस्यमा गंगा पाठक र कृष्ण गौतमलाई मनोनित गरिएको छ ।

 

संघका महासचिव दिनेश न्यौपानेले अध्यक्षले प्रस्तावमा ल्याएका ब्यक्तिहरु संगै आफुहरुले पनि शिव पौडेल, गणेश न्यौपाने, राजु पोखरेल, जतिन श्रेष्ठ, युवराज डुम्म्रे शान्ता अर्याललाई मनोनित गर्नुपर्ने भनि नाम प्रस्तावमा ल्याएकोमा त्यस विषयमा छलफल नगरी एकपक्षिय रुपमा बहुमतको दम्भ देखाएर निर्णय गरेको बताउनुभएको छ ।

 

अध्यक्ष लेखनाथ न्यौपानेले भने आफुले बहुमत वा अल्पमतको कुरा नभई ब्यापारीहरुको हितलाई मध्यनजर गर्दै मनोनित गर्ने सदस्यहरुको नाम बैठकमा प्रस्तुत गरेको र सदस्यहरुको ब्यापक छलफलबाट मनोनयन गर्ने निर्णय गरेको बताउनुभएको छ । मनोनयनको विषयमा बैठककको अन्तिम समयमा  बरिष्ठ उपाध्यक्ष, महासचिव र एकजना सदस्यले असहमती जनाएको बताउनुभएको छ ।

थप समाचार

ताजा खबर