काठमाडौं । रेश्मा बमजन र अनिल लामाको नयाँ गीत सार्वजनिक भएको छ । रेश्मा र अनिलको आवाजमा रहेको सोल्टीनी मैच्याङ बोलको गीत सार्वजनिक भएको हो ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व कानुनमन्त्री तथा संघीय सांसद शेर बहादुर तामाङले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
गीतमा साङ्गे लामाको शब्द तथा संगीत रहेको छ । तामाङ भेषभूषा र संस्कृतमा आधारित रहेर निर्माण गरिएको भिडियोमा मौलिकता झल्काउने प्रयास गरिएको छ ।
तामाङ जातिमा आधारित रहेर निर्माण गरिएको म्युजिक भिडियोले सबै जाति, भाषा र संस्कृतिलाई सम्मान गर्ने निर्माता रेश्मा वमजनले बताए । नेपाली भाषा, संस्कार र संस्कृतिलाई सधै जिवन्त राख्न र पुस्तान्तरणमा सहयोग गर्दै नेपाली दर्शक तथा श्रोताको लागी मनोरञ्ज प्रदान गर्न म्युजिक भिडियो निर्माण गरिएको अर्का निर्माता अनिल लामाले जानकारी दिए ।
म्युजिक भिडियो सार्वजनिक गर्दै सांसद तामाङले नेपालमा बिदेशी गित संगितले नेपाली बजारमा बढी चर्चा पाएकाले नेपाली मौलीकता बोकेको गित संगितलाई राज्यले प्रथमिकतामा राख्नु पर्ने बताए ।
नेपाल तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले नेपालमा तामाङ समुदायका कलाकारहरुले आफ्नो जातीय पहिचान सहितका गित, संगित र चलचित्रले बिश्वमा नेपाललाई चिनाइरहँदा राज्यले तामाङ कलाकार र कलालाई बेवास्ता गरेको कारण मौलकिता हराउँदै जान थालेको चिन्ता व्यक्त गरे ।
मन्त्री तामाङले सोल्टीनी मैच्याङ जस्तै आफ्नो मौलिक भेषभूषा, भाषा, संस्कृति र कलालाई प्रयोग गरेर पर्यटन बर्ष २०२० सफल बनाउन सबैलाई आ–आफ्नो क्षेत्रबाट लाग्न अनुरोध समेत गरे ।