अञ्जली र मेलिनालाई मध्यरातमा कसले बोलायो ? (भिडियो)

काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा चर्चित कलाकारहरु संयुक्त प्रस्तुति ‘कल्ले बोलायो’ सार्वजनिक भएको छ ।

सुर्खेतका युवा समाजसेवी लोकेस खत्रीको लगानीमा निर्माण भएको म्युजिक भिडियो ‘कल्ले बोलायो’ बुधबार राति युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

रुद्र जिएमको लय शब्दमा रहेको गीतमा गायिका मेलिना राई र सुकदेव अधिकारीको स्वर रहेको छ ।

गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र विमल अधिकारीलाई फिचरिङ गराइएको छ ।

गीतका शब्दअनुसार काजिस श्रेष्ठले म्युजिक भिडियो निर्देशन गरेका छन् ।

नयाँ शैलीमा प्रस्तुत गरिएको भिडियोमा मोडल बिमलले झिसमिसेमै ‘वई कान्छि’ भन्दै ठूलो स्वरमा बोलाएका छन् । आवाज सुन्दा अञ्जली उज्यालो नहुँदै कल्ले बोलायो भन्दै दंग पर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *