काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनएनएको नवौं विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
जुनु हाल एसिया प्याशिफिक महिला फोरम संयोजक छन् । कोरियाको पुरानो चर्चित तथा विगत लामो समयदेखि सक्रिय समाजसेवीका रुपमा जुनु परिचित छन् ।
कुनै पनि समस्या देख्ने र सुन्ने बित्तिकै समस्या समाधानका लागि अहोरात्र सक्रिय रहन्छन् जुनु । त्यसैले त उत्कृष्ट समाजसेवा गरेवापत दक्षिण कोरिया सरकारले मानार्थ सिटीजनसीपको उच्च सम्मान प्राप्त गर्ने उनी पहिलो नेपाली महिला हुन् ।
उनी महिलाहरूको साझा संस्थाको संस्थापक अध्यक्ष हुन् । उनले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गरेका थिए । त्यसो त जुनुले एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गर्दै आएका छन् । त्यसो त अबका दिनमा महिलाका आवाजलाई सशक्त रुपमा उठाउन, आर्थिक तथा व्यावसायिक रुपमा बलियो बनाउन अबको निर्वाचनमा महिला संयोजकमा उम्मेदवारी दिने तयारी गरेको उनले बताए ।
एनआरएनमा सबै वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै जुनुले विश्वभरिका अग्रज महिला दिदीबहिनी तथा अग्रज एनआरएन अभियन्ताको सल्लाह र सुझावअनुसार आइसिसी महिला फोरममा जाने निर्णय गरेको स्पष्ट पारे ।
एसियामा धेरै देशमा महिला फोरम गठनमा सफल भएको बताउँदै एसियामा महिला फोरम अभियानलाई सफल बनाएसँगै अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने उल्लेख गरे ।
एनआरएएन भनेको सबैको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशील र सबैको अपनत्व हुने गरी अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
महिला दिदीबहिनीहरुको सबैको अवस्था एकै नभएको भन्दै मध्यपूर्वमा रहेका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिएर आफू अगाडि बढ्ने योजना बनाएको समेत उनले बताए ।
साथै, जुनु गुरुङले एसिया प्याशिफिकमा हरेक देशमा महिला फोरम सशत्तm र सक्रिय बन्न सफल भएकोमा खुसी ब्यक्त गर्दै त्यसको लागि सबैमा आभार समेत प्रकट गरे ।