26.1 C
Parāsi
Friday, May 1, 2026
spot_img

“वैदेशिक पलायन रोक्न राप्रपालाई मत दिनुहोस्”धुर्वबहादुर प्रधान

नवलपरासी प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार तथा धुर्वबहादुर प्रधान ले वैदेशिक पलायन, सामाजिक अशान्ति र बढ्दो अराजकता रोक्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मतदान गर्न मतदातासँग आह्वान गर्नुभएको छ।

राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका प्रधानले देशमा बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरता र कमजोर सुशासनका कारण युवाहरू वैदेशिक रोजगारीतर्फ पलायन हुन बाध्य भएको बताउनुभयो। “देशमै रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र स्थिर सरकार बिना युवाशक्ति विदेशिनु रोकिँदैन,” उहाँले घरदैलो भेटघाटका क्रममा भन्नुभयो।

प्रधानका अनुसार राप्रपाले सुशासन, राजनीतिक स्थिरता, राष्ट्रियता र आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाएको छ। वर्तमान राजनीतिक अवस्थाले जनअपेक्षा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उहाँले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता औंल्याउनुभयो। मुलुकलाई विद्यमान समस्याबाट बाहिर निकाल्न राप्रपाले ठोस र कार्यान्वयनयोग्य योजना अघि सारेको दाबी पनि उहाँले गर्नुभयो।

मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै प्रधानले नवलपरासी–२ का मतदातासँग राप्रपालाई साथ दिन आग्रह गर्नुभएको छ। उहाँले देशमा स्थायित्व, विकास र रोजगारी सिर्जनाका लागि यसपटक परिवर्तनकारी निर्णय आवश्यक रहेको उल्लेख गर्नुभयो।

थप समाचार

ताजा खबर