26.1 C
Parāsi
Friday, May 1, 2026
spot_img

आर्थिक समृद्धि र सामाजिक उत्तरदायित्वको एजेन्डासहित निर्वाचन मैदानमा विनोद चौधरी

नेपाल उद्योग–व्यवसाय क्षेत्रका स्थापित व्यक्तित्व विनोद चौधरी आगामी निर्वाचनको सन्दर्भमा पुनः चर्चामा आएका छन्। सफल उद्योगी, कुशल व्यवस्थापक, राजनीतिज्ञ तथा वरिष्ठ समाजसेवीका रूपमा आफूलाई स्थापित गरिसकेका चौधरीले यसपटक विकास, रोजगारी र आर्थिक सुधारलाई मुख्य एजेन्डा बनाएका छन्।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पपछि उनले १२ जिल्लाका भूकम्पपीडितलाई उल्लेख्य राहत तथा पुनःस्थापना सहयोग उपलब्ध गराएका थिए। पीडितका लागि स्वास्थ्यकर्मी परिचालनदेखि विद्यालय र घर पुनर्निर्माणमा २५ करोडभन्दा बढी आर्थिक सहयोग गरेका थिए भने हजारौं राहत सामग्री वितरण गरेका थिए। उनका अनुसार “राजनीति केवल भूगोल जोड्ने माध्यम होइन, भावनालाई जोड्ने सेतु पनि हो।”

सुस्तापारी क्षेत्रमा ३५० घरधुरीलाई सहुलियतमा विद्युत् उपलब्ध गराउने पहल, नारायणी नदीले तीनतर्फबाट घेरिएको क्षेत्रमा झोलुङ्गे पुल निर्माण तथा व्यवस्थित विकास अभियानलाई अघि बढाउने कार्यलाई उनका समर्थकहरूले उदाहरणीय उपलब्धि बताएका छन्। साथै ट्रमा सेन्टर निर्माणमा सक्रिय भूमिका, सिँचाइ तथा डुबान समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न तहमा समन्वय र सहकार्य गर्दै आएको उनको दाबी छ।

उनले स्वदेशमै युवालाई सीपमूलक तालिम प्रदान गर्न ‘सीजी पोलिटेक्निक’ मार्फत तालिम तथा रोजगारी व्यवस्थापनलाई प्राथमिकता दिएका छन्। उद्योग, कलकारखाना र सेवा क्षेत्रमा रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिको आधार तयार गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

कोभिड–१९ महामारीका बेला चौधरी फाउन्डेसन मार्फत सरकारलाई १ हजार थान कोरोना परीक्षण किट सहयोग, विभिन्न स्वास्थ्य सामग्री वितरण तथा आर्थिक–नैतिक सहयोग प्रदान गरिएको थियो। साथै सयौं अपांगता भएका व्यक्तिलाई कृत्रिम हातखुट्टा उपलब्ध गराउने कार्य पनि उनको सामाजिक योगदानको सूचीमा समावेश छ।

निर्वाचन अभियानका क्रममा चौधरीले आर्थिक नीति सुधार, लगानीमैत्री वातावरण, पूर्वाधार विकास र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। “देश निर्माणको आधार भावी पुस्ता हो, त्यसैले युवालाई सीप, अवसर र आत्मविश्वास दिनु नै मेरो पहिलो प्राथमिकता हो,” उनले एक कार्यक्रममा भने।

मतदातामाझ लोकप्रियता कायम राख्दै आएका चौधरीले आगामी कार्यकालमा अझ व्यापक विकास, रोजगारी विस्तार र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने विश्वास व्यक्त गरेका छन्। उनका समर्थकहरू देशको समग्र आर्थिक उन्नति र समावेशी विकासका लागि उनको नेतृत्व आवश्यक रहेको दाबी गर्दै चुनावी मैदानमा सक्रिय देखिएका छन्।

थप समाचार

ताजा खबर