28.7 C
Parāsi
Friday, May 1, 2026
spot_img

पश्चिम नवलपरासी–१ मा चुनावी समीकरण फेरबदल, प्रलोपा उम्मेदवारको समर्थन कांग्रेसलाई

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा चुनावी समीकरणमा महत्वपूर्ण परिवर्तन आएको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार विनोद रेग्मीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विनोद चौधरीलाई समर्थन गर्ने घोषणा गरेका छन्।

सोमबार जारी प्रेस विज्ञप्तिमा रेग्मीले आफू चुनावी मैदानबाट अलगिएको जानकारी दिँदै फागुन २१ मा हुने आम निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा उभिने निर्णय गरेको उल्लेख गरेका छन्। उनले आफ्ना कार्यकर्ता तथा समर्थकलाई कांग्रेसको ‘रुख’ चिन्हमा मतदान गर्न आह्वान गर्दै लोकतन्त्रको सुदृढीकरण र परिवर्तनको निरन्तरताका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका छन्।

“यस क्षेत्रमा कांग्रेसको पक्षमा स्पष्ट जनसमर्थन देखिएको छ, त्यसलाई सम्मान गर्दै मैले कांग्रेसलाई समर्थन गर्ने निर्णय लिएको हुँ,” रेग्मीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

२०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगी चौधरी विकास र आर्थिक रूपान्तरणको एजेन्डासहित पुनः प्रतिस्पर्धामा छन्। रेग्मीको समर्थनसँगै क्षेत्र नं. १ मा कांग्रेसको चुनावी आधार थप बलियो भएको विश्लेषण गरिएको छ।

थप समाचार

ताजा खबर