11.7 C
Parāsi
Tuesday, January 13, 2026
spot_img

विश्व मत्स्य दिवस २०२५ : बर्दघाटका तीन वडामा, वाउन्न घोला सिमसारमा ५ हजार भुरा छाड्दै सुरु गर्यो जैविक विविधता संरक्षणको अभियान ।

नवलपरासी, बर्दघाट — “जलीय जैविक विविधताको प्रवर्दन, खाद्य तथा पोषण सुरक्षामा सम्वर्दन” भन्ने मूल नाराका साथ विश्व मत्स्य दिवस २०२५ को अवसरमा बर्दघाट नगरपालिका–८, ९ र १० मा पर्ने वाउन्न घोला सिमसार क्षेत्रमा हिजो ५ हजार स्थानीय जातका (रहु र नैनी) माछाका भुरा छाडि मनाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नवलपरासीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्राकृतिक जलाशयमा जैविक विविधताको संरक्षण, सिमसार व्यवस्थापनको सुदृढीकरण तथा जल संसाधनको समुचित उपयोग प्रमुख उद्देश्य रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख मत्स्य विकास निर्दशक दीपक भुसाललेले जानकारी दिएका छन्। 

कार्यक्रमको समन्वय हरियाली वन उपभोक्ता समिति तथा बाउन्न घोला सिमसार संरक्षण मञ्चद्वारा गरिएको थियो भने बर्दघाट नगरपालिकाको पशु सेवा शाखाले सहजीकरण गरेको हो।

जिल्ला मत्स्य उत्पादक संघका प्रतिनिधिसहित सरोकारवाला निकायहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले स्थानीय जलाशयमा मत्स्य उत्पादन वृद्धि, पर्यावरण संरक्षण तथा खाद्य सुरक्षामा टेवा पुग्ने अपेक्षा राखिएको छ।

आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै निकाय र व्यक्तिहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर समन्वय र सहकार्य रहने विश्वास व्यक्त गरेको छ।

थप समाचार

ताजा खबर